अमेरिका–अमेरिकाको अन्तिरिक्ष एजेन्सी नासाले चन्द्रमाको दक्षिण धु्रव नजिक यस्तो १३ स्थानको पहिचान गरेको छ, जहा“ नासाको अन्तरिक्ष यात्री अवतरण हुन सक्छ ।
नासाले २०२४ मा आर्टेमिस कार्यक्रम अन्तर्गत चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने तयारी गरिरहेको छ । छानिएको उक्त स्थानमा हरेक एउटामा आर्टेमिस–३ का लागी संभावित अवतरण स्थल हो । यो चन्द्रमा क्रु उतार्ने पहिलो आर्टेमिस अभियान हुनेछ ।
पहिलो पटक महिलाले पनि चन्द्रमामा पाइला राख्नेछिन् ।
आर्टेमिस अभियान विकास विभागका डिप्टी एसोसिएट एडमिनिस्टे«टर मार्क किरासिचले यी स्थानहरुको अर्थ यो होकी एपोलो पछि पहिलो पटक चन्द्रममा मानिस पठाउनका लागी आफुरुले लामो छलाङ मार्ने तर्फ नजिक पुगेको बताए ।
नासाका यो कार्यक्रम तीन हिस्सामा बाडिएको छ । जसको तेस्रा् हिंस्सामा २०२४ मा चन्द्रमाको दक्षिण धु्रवमा अन्तरिक्ष यात्रीलाई उतादैछ ।
यो भन्दा पहिला सन १९६९ देखि १९७२ का बीच नासाले कयौ एपोलो मिसन चन्द्रममा पठाएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected