अमेरिकामा १२ हजार पटक फोन गरेर प्रहरीलाई नै गाली गर्थिन महिला
अमेरिका– अमेरिकाको फलोरिडाकी एक महिलाले प्रहरीको ९११ फोन प्रणालीको दुरुपयोग गरेर १२ हजार भन्दा अधिक पटक प्रहरी अधिकारीलाई फोन गरेको खुलेको छ ।
यसरी उनले गरेको यो फोन धम्कीले भरिएको प्रहरीले बताएको छ । ९११ फोन प्रणाली दुरुपयोग गरेर धम्की दिएको आरोपमा यी महिला पक्राउ परेकी छिन् ।
५० वर्षिया कार्ला जेफरसन नामकी यी महिलाले बारम्बार फोन गरेर प्रहरीलाई गाली गर्थिन । अघिल्लो महिना उनले २४ घन्टामा ५१२ पटक प्रहरीलाई अश्लिल गालीले भरिएको फोन गरेकी थिइन ।
प्रहरीले गएको जुन महिनामा उनलाई यस प्रकारको फोन नगर्न चेतावनी दिएको थियो । तर पनि उनले बारम्बार फोन गर्न नछाडेपछि प्रहरीले पक्राउ गरेको थियो । पछि उनलाई रिहा गरिएको थियो । यी महिला पहिला पनि गुन्डागर्दिको आरोपमा जेल सजाय भागेकी थिइन ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















