चुरोट पिउनेबाट टाढा बस्नुहोस, धुवाबाट पनि हुन्छ क्यान्सर
अमेरिका– चुरोट पिउनेहरु लाई क्यान्सरको खतरा रहने गरेको छ । तर यहा चुरोट पिउनेको वरिपरि बस्नेलाई पनि क्यान्सर हुने अनुसन्धानबाट खुलेको छ । चुरोट पिउनेको वरिपरि रहनेहरुलाई धुवाले पनि क्यान्सर हुन सक्ने जोखिम रहेको हो ।
हालै मात्र अमेरिकाको लैन्सेट जर्नलमा प्रकाशित अध्ययनमा चुरोट पिउनेहरुको नजिक बस्नेहरुमा क्यान्सरको खतरा रहेको बताइएको छ ।
अमेरिकाको बासिङटन विश्वविद्यालय शोधकर्ताका अनुसार दैनिक चुरोट पिउनेहरु संग रहने मानिसहरु चुरोटको धुवाको सम्पर्कमा रहने गरेका छन् । चुरोट मदिराको सेवन गर्नेहरुमा बीएमआई क्यान्सरको खतरा बढी देखिएको हो ।
यसको अलवा असुरक्षीत यौन सम्बन्ध, वायुप्रदुषण कण, दुधको कमी तथा धुम्रपान क्यानसरको मुख्य कारक मानिएको छ ।
शोधकर्ताका अनुसार यी कारणले २०१९ मा ३ दशमलव ७ मिलियन को मुत्यु भईसकेको छ ।
चुरोट, सिगर, हुक्का तथा पाइप जस्तो तबाकुबाट निस्कने धुवाबाट दोस्रो व्यक्ति प्रभावित हुने गरेका छन् ।
खास गरि रेष्टुरा, अफिस बार, क्यासिनो तथा सार्वजनिक स्थानहरुमा चुरोट पिउनेहरुको सम्पर्कमा आउने व्यक्तिमा क्यान्सरको खतरा बढने गरेको छ ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सिडिसीका अनुसार तबाकुको धुवामा ७ हजार अधिक यस्तो रसायन हुने गरेको छ जहा सयकडौ विषालु रसायन हुने गर्छ । यिनमा झन्डै ७० प्रतिशत रसायन यस्तो हुन्छ जुन क्यान्सरको कारक बन्छ ।
१९६४ पछि धुम्रपान नगर्नेहरु झन्डै २५ लाख धुवाको सम्पर्कमा आउने स्वास्थय समस्याका कारण ज्यान गुमाइसकेको तथ्याङक छ ।