फेरि डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बन्ने सभावना
अमेरिका–विश्वको शक्तिशाली राष्ट्र अमेरिकामा फेरि पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्चा सुरु भएको छ ।
फेरि डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बन्ने अवसर पाउला त ? अमेरिकामा हुने राष्ट्रपति निर्वाचनमा पुन राष्ट्रपतिको उम्मेदवार बन्ने सभावना छ ट्रम्पको । रिपब्लिकन पार्टिका धेरै नेताहरुले पनि ट्रम्पलाई समर्थन गरिरहेका छन् । तर २०२० मा दोस्रो पटक राष्ट्रपति बन्ने ट्रम्पको मौकालाई अमेरिकी जनताले नकारेका थिए । अब फेरि किन ट्रम्पलाई लिएर तातो बहस चलीरहेको छ ।
२०२० को चुनावमा रिपब्किलन उम्मेदवार पुर्व राष्ट्रपति ट्रम्पले जो बाइडेनको प्रतिस्पर्धामा ३०६ विरुद्ध २३२ इलेक्ट्रोरल भोट पाएका थिए । त्यो समय अमेरिकी जनता पनि ट्रम्प संग रुष्ट थिए । आफनै पार्टीकै ठुला नेता पनि उनको विरुद्धमा थिए । जसको कारण उनको लोकप्रियता घटेको थियो । जसको कारण डेमाक्रेट पार्टिका उम्मेदवार जो बाइडेनले सहज जीत हासिल गरेका थिए ।
अब २०२४ मा अमेरिकाको राष्ट्रपतिको चुनाव हुदैछ । अबको चुनावका लागी रिपब्लिकन पार्टिका नेताहरुको समर्थन ट्रम्पमा खनिएको छ ।
रिपब्लिकन नेताहरु आगामी राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई नै राष्ट्रपति उम्मेदवार बन्ने मौका मिल्नु पर्ने बताउदै आएका छन् ।
अहिले रिपब्लिकन पार्टिमा ट्रम्पको प्रभाव बढदै गएको छ । पार्टि भित्र ट्रम्पको विरोध गर्ने नेताहरु प्राइमेरी चुनावमा कतिले हार खाए र कमजोर बने । ट्रम्पको मुख्य विरोधी लिज चेनी हारको सामना गर्नु प¥यो । यसको ठिक उल्टो ट्रम्पको समर्थन गर्ने सबै नेताले चुनाव जिते ।
अर्कोतर्फ २०२१ ६ जनवरीमा रिपब्लिकनका १० सासदहरु ट्रम्प माथि महाअभियोग लगाउने पक्षमा थिए तिनिहरु केहीले चुनाव हारे र राजनितिबाट सन्यास लिए । यसरी ट्रम्पका विरोधी पार्टिबाट कमजोर भएपछि ट्रम्प फेरि राष्ट्रपति बन्ने संभावना बढेको हो ।