टेक्सस–अमेरिकाको टेक्ससको राजधानी अष्टिनमा एक नेपाली युवा मृत भेटिएका छन् ।
ऋगष्ट तीन तारिख देखि हराएका २१ वर्षिय प्रविन घर्ति माउन्ट बनेल अस्टिनको डाडाबाट खसेको अवस्थामा मृत फेला परेका हुन ।
स्थानिय प्रहरी प्रशासनले लामो अनुसन्धानपछि मात्रै बल्ल परिवारलाई प्रविनको शब बुझाएको छ । प्रविनको म)गलबार आझ नै अन्तिम दासंस्कार गरिने भएको छ । प्रहरीले लामो छानवीनपछि मात्रै बल्ल परिवारलाई प्रविनको मृत शरीर जिम्मा लगाएको हो ।
लामो समयदेखि डिप्रेसनमा रहेका प्रविनले देहत्याग गरेको हुन सक्ने पारिवारिक स्रोतलाई उल्लेख गदै ग्रेटर अस्टिनका समाजसेवी देवराज न्यौपानेले बताएका छन् ।
सपरिवार अष्टिन बस्दै आएका प्रविनको मुत्यु प्रति अष्टिनको नेपाली समुदायका तर्फबाट ग्रेट अस्टिन नेपाली कम्युनिटीले गहिरो समवेदना प्रकट गरेको छ ।
प्छिल्लो समय डिप्रेसनमा परेर अमेरिकामा केही युवाले अप्रिय निर्णय लिएर ज्यान गुमाइरहेका छन् ।
ऋष्टिनमा गएको वर्ष पनि एक युवाले देहत्याग गरेका थिए । प्रविन सहित अष्टिनमा पाच वर्षको अन्तरालमा तीन युवाले देहत्याग गरेको बताइएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected