अमेरिका– अमेरिकाको हाउस स्पिकर न्यान्सी पेलोसीका पति मदिरा पिएर सवारी चलाएको आरोपमा जेल सजाय सुनाइएको छ ।
पेलोसीका पति पल पेलोसीलाई ६ हजार ८ सय डलर जरिवाना सहित पाच दिनको जेल सजाय सुनाइएको हो । यसका लागी उनलाई तीन वर्ष प्रोवेसनको सजाय समेत तोकिएको छ । गएको मे महिनामा पेलोसीका पति क्यालिफोर्नियामा कार दुर्घटनामा घटनामा पक्राउ परेका थिए । उनी माथी मदिरा पिएर सवारी चलाएको आरोप थियो । जाचमा उनको रगतमा अल्कोहलको मात्र भेटिएको थियो र उनलाई कारागार पठाईएको थियो । पेलासी संग उनको विवाह १९६३ मा भएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected