अमेरिकाको न्युमेक्सिकोमा आतंककारी संगठन आइएसआइएस तालिम केन्द्र खोल्न खोज्ने युवा पक्राउ
अमेरिका–अमेरिकाको न्यु मेक्सिकोमा आतंकारी संगठन आइएसआइस को तालिम केन्द्र खोल्ने प्रयास गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।
बिलाल मोमिन अब्दुल्लाह नाम गरेका युवालाई अनलाइन प्लेटफर्म मार्फत तालिम केन्द्र खोल्ने प्रयासको आरोपमा पक्राबउ परेका हुन । उनले अनलाइन मार्फत संगठनमा युवाहरुलाई भर्ति गराएका थिए । अनलाइन मार्फत नै उनले आक्रमणको समेत योजना बनाएको अमेरिकाको न्याय विभागले जनाएको छ ।
विभागले न्युमेक्सिको को अल्बुकर्क शहरमा इस्लामिक स्टेट सेन्टर खोल्ने प्रयास भएको आरोप लगाइएको छ ।
समाचार अनुसार सेन्टर खोल्नुको उद्देश्य इस्लामिक स्टेटको विचारधारा मा जानकारी दिने मार्शल आर्टको तालिम तथा अमेरिका र अन्य देशमा समुहका लागी लडन आवाज उठाउने उद्देश्य आरोपीको भएको विभागले जनाएको छ।
अनलाइन मार्फत स्लामिक स्टेटमा भर्तिका लागी बढवा दिदै अमेरिका सहित अन्य देशमा आक्रमणको योजना समेत बनाएको बताइन्छ ।
स्लामिक स्टेटलाई समर्थन दिएको आरोपमा साउथ क्यारोलिनाका क्रिस्टोफर मैथ्यु तथा टेक्ससका २४ वर्षिय जेलिन मोलिना लाई अदालतले सजाय सुनाएको छ । यि दुबैलाई आइएसआइएसको कटरपन्थी विचारधारा बारे अवगत गराइएको थियो ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...