टेक्सस–अमेरिकामा पनि यतिबेला तीज पर्वको रमझम छ । तीजका अवसरमा विभिन्न कार्यक्रमहरु पनि धमाधम आयोजना भइरहेका छन् ।
तीजका गीत रेकर्ड गराउने देखि तीजका रमाईला कार्यक्रममा सहभागी हुने क्रम यतिबेला सात समुन्द्रपारी रहेका चेलीहरुमा पनि बढ्दो छ ।
तीजगीत संगीत संगै यो पर्वले यता रहेका नेपाली दिदिबहिनीहरुलाई पनि छपक्क छोपेको छ ।
टेक्ससको नेपालीहरुको साझा संस्था नेपाली समाज टेक्सस तथा इन्द्रेणी सांस्कृतिक संघको आयोजनामा शनिवार टेक्ससमा भव्य तीज कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा टेक्ससको विभिन्न सहरमा रहेका नेपाली चेलीहरु दर खाने र नाचगानमा व्यस्त रहे ।
हरेक वर्ष नेपाली समाज टेक्ससले तीज पर्वको अवसरमा तीज विशेष कार्यक्रम गदै आएको छ ।
यसपटकको तीज कार्यक्रममा टेक्सस वरपरका पाच सय भन्दा बढी चेलीबेटीहरुको सहभागिता रहेको नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र बाग्लेले बताए ।
तीज कार्यक्रममा दिदिबहिनीहरुको सामुहिक नाच देखि डिजे सेसनले माहौललाई तताएको थियो ।

रातो पहिरनमा चेलीबेटीहरु झकीझकाउ देखिएका थिए । विदाको समय भएकाले चेलीहरु जमघट भएर रमाए

विभिन्न तीज सम्बन्धी स्पेशल पार्र्टिहरुमा यतातिर उनि जस्तै चेलीहरुको व्यस्तता बढेर गएको छ । तीजको अवसरमा आफन्त संग जमघट गरेर रमाउन एउटा राज्यबाट अर्को राज्यमा रहेका आफन्तसंग रमाउन पनि चेलीहरु आइपुग्छन् । छमछमी नाच्दै एक आपसमा रमाउछन् ।
बुटिक, फेन्सी र सपिङमलहरु पनि तीजको किनमेल बढेको देखिन्छ । महिलाहरुलाई आकर्षित गर्ने तवरले नेपाली पसलका डमीहरु तीज स्पेशल बनाईएका छन् । हरेक वर्ष आउने यो पर्व नारीहरुले विशेष रुपमा यो पर्व मनाउदै आएको पाईन्छ ।

नेपाली समाज टेक्ससले पनि हरेक वर्ष तीज विशेष कार्यक्रम गरेर नेपाली दिदिबहिनीहरुलाई दर खुवाउने र नाचगान गराउने कार्यक्रम गदै आएको छ । यस पटक तीजकै अवसर पारेर कार्यक्रमलाई निरन्तरता दिएको हो ।
यतिबेला यी यस्तै तीजका कार्यक्रमहरुले अमेरिकातिर पनि होटल, सभाहल तथा रेष्टुरा घन्किएका छन् । खुल्ला पार्कहरुमा पनि त्यतिकै तीज विशेष कार्यक्रमहरु गरेर नेपाली दिदिबहिनीहरु रमाएको पाईन्छ । नेपालीहरु अधिक बसोबास रहेका राज्यहरुमा नेपाली मन्दिर रहेकाले तीजको अवसरमा दिदिबहिनीहरुको जमघट लाग्छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected