अमेरिका– विश्वव्यापी महामारी कोभिड–१९ का कारण अमेरिकामा झन्डै चार मिलियनले जागीर गुमाउन पुगेका छन् ।
एक नया रिपोर्ट अनुसार जागीर गुमाउदा उनिहरुले १७० मिलियन तलबको नोक्सानी व्यहोरेका छन् । यो नोक्सान २३० मिलियन सम्म पुग्ने अनुमान गरिएको छ ।
एक गैर सरकारी संस्था बु्रकिंग्सका अनुसार कोभिडका बिरामी लामो समयसम्म ठिक नहुदा अमेरिकामा आर्थिक बोझ बढीरहनेछ । हरेक वर्ष १० प्रतिशत कोभिड बिरामीको संख्या बढेमा अबको दस वर्षमा तलबको नोक्सान आधा ट्रिलियन पुग्ने अनुमान छ ।
लमो समय सम्म २२ प्रतिशत कोभिडका बिरामीहरु खराब स्वास्थय अवस्थाका कारण काम गर्न असमर्थ रहेका छन् । भने अन्य ४५ प्रतिशतलाई कामको घन्टा कम गर्नुृ परेको छ । अमेरिकामा चार मिलियनले कोभिड का कारण जागीर गुमाएका छन् ।
अमेरिकामा एक चौथाई कम्पनीमा कर्मचारीको अनुपस्थितिको मुख्य कारण कोभिड नै हो ।
हार्वड विश्वविद्यालयका अर्थशास्त्री डेभिड कटलरका अनुसार १२ देखि १७ प्रतिशत कोभिड बिरामी १२ हप्ता भित्र तीन वा सो भन्दा अधिक लक्षणको अनुभव गरिरहेका छन् र यसबाट श्रम बलम ७० प्रतिशत कमी आएको छ । कटलरका अनुसार लामो समय सम्म कोरोना संक्रमित भएकै कारण ३ दशमवल ५ मिलियनले जागीर गुमएका छन् ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...