अमेरिकामा जहाज चोरेर प्रहरीलाई नै फोन गरेर जहाज दुर्घटना गराईदिने धम्की
अमेरिका– अमेरिकाको मिसिसिपीमा एक व्यक्तिले जहाज चोरी गरेर उडाउदै यसलाई दुर्घटना गराउछु भन्दै प्रहरीलाई नै फोन गरेर धम्की दिएका छन् ।
२९ वर्षिय युवाले उक्त जहाज वालमार्ट वरपर खसालिदिने धम्की दिदै प्रहरीलाई फोन गरेका थिए । सुरक्षा निकायको उच्च सर्तकताका बाबजुत कुनै अप्रिय घटना भने भएन । जहाज चोरेपछि ति युवाले जहाज उडाएका थिए ।
प्रहरीका अनुसार ति युवाले ९ सिटर डबल इन्जिन जहाज चोरेका थिए । जहाज चोर्ने युवा एयरपोर्टकै कर्मचारी भएको बताइएको छ ।
सुरक्षाकर्मिले समयमै रोकेकै कारण ठुलो दुर्घटना हुनबाट जोगिएको थियो । जहाज दुर्घटना गराउने धम्की पछि बालमार्टका सबै स्टोरहरु बन्द गराउनु परेको थियो ।
विमानलाई युवाले जानजान बालमार्टमा दुर्घटना गराउने धम्की दिएको प्रहरीले जनाएको छ ।
डेली जर्नलका अनुसार जहाज टुपेलो आसपासको हवाई क्षेत्रबाट निक्लेर टोयटा निर्माण संयन्त्र आसपासबाट उडान भदै थियो ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...