अमेरिकाको टेक्सस सिमामा ८ गैरकानुनी आप्रवासीको शब भेटियो

टेक्सस–अमेरिकाको टेक्ससको रियो ग्रान्डेको इगल पास नजिक एउटा सनसनी खबर बाहिर आएको छ
यहाको खतरनाक सिमा पार गर्ने प्रयास गर्दा कम्तिमा आठ जना गैरकानुनी आप्रवासीको ज्यान गएको छ । तल्लोबाटो हुदै आएका उनिहरु अमेरिका प्रवेश गर्ने तयारीमा थिए ।
अमेरिकाको सिमा सुरक्षा बल तथा मेक्सिकोका अधिकारीले आईतबार यसको पृष्टि गरेका हुन ।
ठुलो वर्षा संगै एउटा गैरकानुनी आप्रवासीको समुह नदी पार गरेर अमेरिका छिर्ने प्रयासमा थिए ।
अमेरिकी अधिकारीले ६ जनाको शब बरामद गरेका छन् भने बाकी मेक्सिको सिमा सुरक्षा अधिकारीले गरेको बताइन्छ ।
अमेरिकी सिमा सुरक्षा बलले ३७ जनालाई उक्त नदीबाट बचाएका छन् । जसमा १६ जनालाई हिरासतमा लिइएको छ । उता मेक्सिको अधिकारीले ३९ जना गैरकानुनी आप्रवासीलाई हिरासतमा लिएको छ । यसरी पार गर्नेमा महिला बालबालिका र पुरुष रहेका छन् । ति आप्रवासी कुन देशका थिए भन्ने बारेमा केही खुलेको छैन । अझै धेरै बगाएको हुन सक्ने आशंका गरिएको छ । गएको जुलाई महिनामा मात्रै सिमा सुरक्षा बलले ५० हजार पटक गैरकानुनी आप्रवासीलाई रोकका छन् ।
गएको अक्टोबर देखि जुलाई सम्म यहा २ सय भन्दा बढी मृत गैरकानुनी आप्रवासीको खोजी गरिएको थियो ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...