डालस, टेक्सास-बिगत बर्ष देखि डालसफोर्टवोर्थमा बिबिध साहित्यिक गतिबिधि गरि छुट्टैपहिचान बनाएको स्रस्टा साँझ अमेरिकाले यहि सेप्टेम्बर , २०२२ माअर्भिङ्ग स्थित करी लिफ रेस्टुरेन्टको हलमा आफ्नो पाँचौं बार्षिकोत्सव एककार्यक्रम गरि मनायो चरणबद्ध रुपमा संचालन भएको सो कार्यक्रमकोपहिलो गतिबिधि पुस्तक प्रदर्शनी थियो स्थानीय नेपाली तथा नेपालकानाम चलेका स्रस्टाहरुको पुस्तकहरु प्रदर्शनीमा राखिएका थिए पुस्तकप्रदर्शनीमा भएको भीड देख्दा डालसफोर्ट वोर्थमा  साहित्यमा अभिरुचिभएका नेपालीहरु प्रसस्तै रहेछन भन्ने प्रष्टै झल्किन्थ्यो

बार्षिकोत्सवको अर्को आकर्षण स्रस्टा सम्मान२०२२ कार्यक्रम थियो नेपाली समाज टेक्सासले  स्रस्टा साँझ अमेरिकासंगको सहकार्यमा सन्२०१८ मा पहिलो स्रस्टा सम्मान कार्यक्रम गरि स्थानीय १२ जनास्रस्टाहरुलाई सम्मान गरेको थियो स्रस्टा सम्मान२०२२ त्यसैसिलसिलाको दोश्रो सम्मान कार्यक्रम हो यस दोश्रो सम्मान कार्यक्रममासम्मान पाउनेहरु डालस वरिपरिका सन् २०१८ पछि पुस्तक प्रकासन गर्नुहुनेजानकारीमा आउनु भएका ११ जना स्रस्टाहरु श्री बैकुण्ठराज आचार्य, भगवती पौडेल, बिटु के.सी, राधाकृष्ण काफ्ले, संजय घिमिरे, लिलु गुरुङ , पुण्डरी अर्याल,नेत्र बन्धु पोखरेल, डा. शिलु घिमिरे , खेमराज पोखरेल , उद्धवप्रसाद उपाध्याय पोख्रेल हुनुहुन्थ्यो

स्रस्टाहरुलाई  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डालस शाखाकी अध्यक्षनिर्मला राईले सम्मान पत्र प्रदान गर्नु भएको थियो यो स्रस्टा सम्मानकार्यक्रममा एनआरएनएअन्तर्राष्ट्रिय समन्वय समिति, नेपाली समाजटेक्सास, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डालस शाखा तथा स्रस्टा साँझअमेरिकाको एकबद्धता थियो नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्रवाग्लेले यो स्रस्टा सम्मान कार्यक्रमलाई प्रत्येक बर्ष आयोजन गरिस्रस्टाहरुको सम्मान गर्ने परम्पराको थालनी गर्न यस कार्यक्रममा आवद्ध सवैसहयोगी संस्थाहरुलाई आग्रह गर्नुभयो कार्यक्रममा स्रस्टा साँझअमेरिकाका स्मारिका२०७९  रचना अंक तथा स्रष्टा पुण्डरी अर्यालकोअध्यात्मको बाटोमा”  पुस्तकहरु सामुहिक रुपमा लोकार्पण गरिएको थियो

कार्यक्रमको अर्को उल्लेखनीय पक्ष नेपालको नाट्य क्षेत्रमा पाँच दशक भन्दाबढी योगदान दिनु भएका बरिष्ट नाटक कलाकार  हरि बहादुर थापालाईप्रदान गरिएको बिशेष सम्मान थियो त्यसै गरि नेपालमा लामो समय सम्मसाहित्य, गीत, पत्रकारिता, चलचित्र निर्देशन तथा प्रजातन्त्रको लागि योगदानगर्नु भएका शैलेश आचार्यलाई बरिष्ट पत्रकार तारा बरालले उहाँकोपृष्ठभूमिको चर्चा गर्नु हुँदै बिशेष सम्मान गर्नु भएको थियो

करिव चार घण्टा संचालन भएको सो कार्यक्रममा एनआरएनएअन्तर्राष्ट्रियसमन्वय समितिका महासचिव गौरिराज जोशी, सम्मानित व्यक्तित्वहरुहरिबहादुर थापा तथा शैलेश आचार्य, स्रष्टा साँझ अमेरिकाका  अध्यक्षप्रभात दिक्षित, सचिव बैकुण्ठराज आचार्य, मैथिली, भोजपुरी कार्यक्रमसंयोजक शशी भट्टराई, बरिष्ट पत्रकार तारा बराल, नेपाली समाजटेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, साहित्यकार राधाकृष्ण काफ्ले लगायतबिभिन्न वक्ताहरुले स्रस्टा साँझ अमेरिकाको हाल सम्मका गतिविधिहरुलेनेपाली साहित्य, कला, संगीत मा बिशेष योगदान पुर्याइरहेको उल्लेख गर्नुहुँदै यो अभियान सदैव रहिरहोस भन्ने कामना गर्नु भयो

 

कार्यक्रममा स्रस्टा साँझ अमेरिकालाई मन, वचन तथा कर्मले निरन्तर सहयोगगर्नु हुने सवैमा स्रस्टा साँझ अमेरिकाले हार्दिक आभार व्यक्त गरेको थियो कार्यक्रमको संचालन स्रस्टा साँझ अमेरिकाका कार्यसमितीका दुई सदस्यहरु स्रस्टा सम्बाद  कार्यक्रमका संयोजक / संचालक बिटु के. सी तथा कविताकार्यक्रम संयोजक / संचालक भगवती पौडेलले गर्नु भएको थियो