भारतीय अमेरिकी सांसद प्रमिला जयपाललाई भारत फर्किन भन्दै धम्की
अमेरिका–अमेरिकाको टेक्ससमा भारतीय महिलालाई धम्की पछि भारतीय अमेरिकी सांसद प्रमिला जयपाललाई पनि भारत फर्किन भन्दै घृणाले भरिएको धम्की आएको छ ।
कुनै पुरुषले आपत्तीजनक र घृणाले भरिएको सन्देश पठाउदै भारत फर्किन चेतावनी दिएका हुन ।
भारतको चेन्नईमा जन्मेकी जयपालले पाच अडियो सन्देश सोसल मिडियामा सार्वजनिक गरेकी हुन । अश्लिल र अभद्र बोली सहित उनलाई गाली गरिएको छ ।
अडियोमा ति पुरुषले जयपाललाई गंभीर परिणाम भोग्नु पर्ने भन्दै भारत फर्किन उनलाई चेतावनी दिएका छन् । ५५ वर्षिया जयपाल भारतीय अमेरिकी सांसद हुन । उनले अमेरिकी प्रतिनिधी सभामा सियाटलबाट प्रतिनिधित्व गर्छिन । उनले ट्वीटर मार्फत आफु माथि भएको घृणाको अपराध सार्वजनिक गरेकी हुन । यस अघि पनि उनको घर बाहिर पेस्तोल सहित उनको घर बाहिर देखिएका थिए । ब्रेट फोरसेल नामका ति युवालाई गिरफतार गरेका थिए ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...