अमेरिका–अमेरिकामा राष्ट्रपति जो बाइडेलले पदभार ग्रहण गरेपछि अमेरिका प्रवेश गर्ने अवैध आप्रवासीको संख्या २० लाख पुगेको छ ।
अमेरिकाको दक्षिण सिमामा सिमा सुरक्षा गस्तीको क्रममा सिमा सुरक्षा बलको मुठभेडमा यतिको संख्यामा भेटिएको हो । अघिल्लो वर्ष १७ लाख अवैध आप्रवासीको रेकर्ड तोडदै यो आर्थिक वर्षमा २० लाख पुगेको फक्स न्युजले जनाएको छ । अमेरिकाको सिमा सुरक्षा बलले अमेरिकी इतिहासमा यति ठुलो संख्यामा अबैध आप्रवासीको संकट सामना गरेको बताइएको छ ।
सिमा सुरक्षा बलको मुडभेडमा अधिकांश मेक्सिको सिमा सुरक्षामा गैरकानुनी आप्रवासीको सामना गर्नु परेको हो । मुडभेडमा झन्डै आधा आप्रवासी तत्कालिन ट्रम्पको शीर्षक ४२ अन्तगर्त निष्कासना परेका छन् ।
यो आर्थिक वर्षमा ९ लाख २० हजार भन्दा बढी गैरकानुनी आप्रवासी अमेरिकाबाट निष्कासनमा परेका छन् । कतिपय अमेरिकी अध्यागमन हिरासतमा रहेका छन् ।
न्युयोर्क टाइम्सको एक रिपोर्ट अनुसार अहिलेसम्म दस लाख बढी आप्रवासीलाई अमेरिकाको शरण सुनुवाईका लागी अध्यागमन अदालतबाट रिहा गरिएको छ ।
बाइडेन प्रशासन कालमा गैरकानुनी आप्रवासीको गिरफतारी र डिपोटको संख्या पनि घटेको तथ्याङक छ ।
आर्थिक वर्ष २०२१ मा एफबिआईले ७४ हजार बढी गैरकानुनी आप्रवासीलाई पक्राउ गरेकोमा ५९ हजार बढीलाई अमेरिकाबाट निष्कासन गरिएको थियो । त्यस्तै २०२० मा १ लाख ३ हजार गिरफतार र १ लाख ८५ हजार बढी निष्कासन र २०१९ मा १ लाख ४३ हजार बढी गिरफतार र २ लाख ६७ हजार बढी अमेरिकाबाट निष्कासन भएको रेकर्ड छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected