अमेरिका–अमेरिकामा आज भन्दा २१ वर्ष पहिला आजैको दिन इतिहासकै सबैभन्दा ठुलो आतंककारी हमला भएको थियो ।
अमेरिकाको न्युयोर्क स्थित व्यापारिक केन्द्र बल्र्ड ट्रेड सेन्टरमा आतंककारीले प्लेन हाइजेक गरेर ठक्कर दिएका थिए । हजारौ अमेरिकीले ज्यान गुमाएका थिए । सेन्टेम्बर ११, २००१ मा आतंककारी संगठन अलकायदाका आतंककारीले चार वटा विमान अपहरण गरेर वल्ड ट्रेड सेन्टर संगै अन्य तीन स्थानमा विमान ठोक्काएका थिए ।
चार अमेरिकी विमान हाइजेक गरेर अलग अलग स्थानमा ठोक्काएका थिए । सबैभन्दा पहिला अमेरिकी एयरलायन्सको फलाईट २ बिहान बल्र्ड टे«ड सेन्टरको उत्तरी टावरमा ठोक्काएका थिए भने त्यसको ठिक १७ मिनेटपछि युनाइटेड एयरलायन्सको विमान फलाईट १७५ दक्षिण टावरमा ठोक्काएका थिए । तेस्रो विमान बिहान ९ बजेर ३७ मिनेट जादा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा ठोक्काइएको थियो । चौथौ विमान पेन्सिलभेनियाको खुल्ला खेत क्षेत्रमा गएर खसेको थियो ।
घटनामा झन्डै ३ हजार जनाको ज्यान जान पुगेको थियो । घटनामा ३४४ उद्धारकर्मि, ७१ प्रहरी, ५५ सैन्यकर्मिको ज्यान गएको थियो । आक्रमणमा अलकायदाका १९ आतंकारी पनि मारिएका थिए ।
समाचार अनुसार आक्रमण हुदा बल्र्ड टे«ड सेन्टरमा १८ हजार जना रहेका थिए । तिनिहरु मध्ये अधिकांशलाई सकुशल उद्धार गरिएको थियो ।
अलकायदाका प्रमुख ओसामा विन लादेनले घटना घटाएका थिए । १९ जना विभिन्न देशका आतंककारीलाई प्लेन हाइजेक गर्न सहभागी गराएका थिए । पछि ९÷११ को मुख्य योजनाकार खालिद शेख मोहमद तथा शेख मोहमद लादेनका नजिकका विश्वास पात्र थिए । शेख मोहमदले नै आक्रमणको सबै तयारी गरेको बताइन्छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected