अब अमेरिकामा रहेका आप्रवासीले सहज रुपमा ग्रिनकार्ड पाउने

अमेरिका– अमेरिकाको अध्यागमनले अब अमेरिकामा रहेका आप्रवासीलाई ग्रिनकार्ड प्राप्त गर्ने सहज नियम बनाएको छ ।
तत्कालिन ट्रम्प प्रशासनले फुड स्टेम्प, मेडिकेड लगायत सरकारी सुविधा लिएकाहरुलाई ग्रिनकार्ड दिन रोक लगाउने नियम बनाएका थिए । जसले ग्रिनकार्ड आवेदन दिनका लागी आप्रवासीहरु त्रसित बन्दै आएका थिए । जसलाई पब्लिक चार्जको रुपमा राखेको थियो । तर अहिले बाइडेन प्रशासनले त्यसलाई रद्ध गरेको छ
अमेरिकामा रहेका आप्रवासीहरु जो स्वास्थय हेरचाह र महत्पुर्ण आर्थिक सहयोग लिएकाहरु ग्रिनकार्ड पाउनबाट वञ्चित रहेकाहरुलाई यो नियमले राहत तुल्याएको छ । बालबालिकाको मेडिकेड , फुड स्टयाम्प लिएकाहरुलाई अब पब्लिक चार्जमा राखिदैन । र उनिहरुलाई ग्रिनकार्ड पाउनबाट वञ्चित गरिदैन । यो नियम अब आउदो डिसेम्बर महिनाको अन्तमा लागु हुने बताइएको छ । तर सरकारी नगद सहायतता र सरकारमै निर्भर हुनेलाई भने बाइडेन प्रशासनले पनि पब्लिक चार्जमा राख्दै ग्रिनकार्ड प्राप्त गर्नबाट वञ्चित गर्नेछ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...