अमेरिका– अमेरिकामा रहेका एक जना काग्रेसका नेतालाई उच्च अदालत पाटन ललितपुरले अदालतमा हाजीर हुन आदेश दिएको छ ।
नेपाल जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष न्युयोर्क निवासी आनन्द विष्टलाई हाजीर हुन आदेश दिएको हो । विष्ट माथि नेपाली काग्रेसको १४ औ महाधिवेशनमा अमेरिकी नागरिकलाई अमेरिकाबाट प्रतिनिधी बनाई भोट हाल्न लगाएको भन्दै न्युयोर्क निवासी सुर्वण लामाले उच्च अदालतमा निवेदन दिएका थिए ।

महाधिवेशनमा विदेशी नागरिकबाट मतदात भएपछि लामाले नेपालको कानुन र संविधान विपरीत कार्य भन्दै अदालतमा निवेदन दिएका थिए ।
सोही निवेदनका आधारमा विष्टलाई पाटन उच्च अदालतले अदालतमा १५ दिनभित्रमा हाजिर हुन आदेश दिएको हो । उच्च अदालतको उक्त आदेश सहितको एउटा सुचना नेपालको सरकारी संचार माध्यम गोरखापत्रमा समेत प्रकाशित भएको छ । सामाचार स्रोतका अनुसार विष्ट अहिले नेपालमै रहेको बताइएको छ ।
विष्ट २०१४ देखि जनसम्पर्क समित अमेरिकाको अध्यक्ष रहदै आएको छ । हरेक तीन वर्षको चुनाव गराउनुपर्ने प्रावधान रहे पनि अहिलेसम्म हुन सकेको छैन । अमेरिकाको जनसम्पर्क समिति भित्रै भाडभैलो छ । यस अघि पनि जनसम्पर्कको जुम मिटिङमा अश्लिल गाली गलोज सहितको भिडियो सार्वजनिक भएपछि अमेरिकाको जनसम्पर्क समिति आलोचित बन्दै आएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected