टेक्ससमा जागीर प्रोमोसनमा सिफारिस नगरेपछि कम्पनीका बोस र परिवारको हत्या
![](https://usnepalpost.com/wp-content/uploads/2022/09/29669E5D-B662-4192-B30A-C8A5D563EC36.jpeg)
टेक्सस–काममा प्रमोसन नगरेको भन्दै एक जना चिनिया अमेरिकनले आफनै कम्पनीको बोस र परिवारको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ।
चीनबाट आईतबार सानफ्रान्सिस्को फर्किएका ५८ वर्षिय फेङ लु पक्राउ परेका हुन । हत्याको अभियोगमा मुद्धा अगाडी बढाइएको छ ।
हत्याको आठ वर्षपछि डिएनए परीक्षण पश्चात उनलाई पक्राउ गरिएको हो । माथि गएको जेनवरी २४, २०१४ मा साइफ्रस टेक्ससमा ५० वर्षिय माओए सन पत्नी ४९ वर्षिय मेइ झी, र उनिहरुको दुई छोराहरु ९ वर्षिय टिटस र ७ वर्षिय तिमोथी माथि गोली प्रहार गरेर घरमै हत्या गरेको अभियोग छ ।
![](https://www.usnepalpost.com/wp-content/uploads/2022/09/38461CF9-8382-42CE-AE7A-2000CDF5722C-218x300.jpeg)
हत्या अभियोग लागेका लु ले प्रहरी संगको बयानमा हत्या गरिएका सनसग क्यामरन इन्टरनेशन कर्पोरेसनमा संगै काम गरेको दाबी गरेका छन् । तेल र ग्यासको उक्त कम्पनीमा हत्या गरिएका सन मेकानिकल इन्जियनर थिए । उनले सनलाई कम्पनीको अनुसन्धान र विकास विभागमा बढुवाका लागी सिफारिस गर्न सनलाई अनुरोध गरेका थिए । सनले त्यसका लागी सिफारिस गरेको बताएका थिए । तर लु ले भोलिपल्ट काममा सहकर्मिहरुको भिन्न व्यवहार पाएको बताएका छन् । र आफनो बढुवालाई सनले बिगारेको शंका गर्न पुगे । बासिङ पोष्टको समाचार अनुसार लु उक्त कम्पनीमा अगाडी बढन चाहन्थे तर सन उनको बढुवामा सहमत हुन सकेनन । त्यही रिसको झोकमा उनले हत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।
लुले हत्याको महिना हयुस्टनको एउटा स्टोरबाट बन्दुक समेत किनेका थिए । जुन उनले ब्यारेल विना फिर्ता गरेका थिए ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...