उसलाई आफ्नो बैवाहिक जीवन बचाउनु थियो । उ शहरको चर्चितकाउन्सलर कहाँ गयो । काउन्सलरले उसका सवै कुराहरू खोतले पछिसुझाव दियो । सुझावमा जोड्ने भन्दा तोड्ने कुरो बलियो थियो । उसलाईकाउन्सलरको बैवाहिक जीवन कस्तो रहेछ जान्ने उत्सुकता बढ्यो । अनिसोध्यो– ” डाक्टरसाहव, हुन त यो नितान्त व्यक्तिगत प्रश्न हो । सरले यसकोजवाफ दिन्न भने पनि हुन्छ । मेरो जिज्ञासा के छ भने तपाईंको बैवाहिकजीवन कस्तो छ ?”
डाक्टर मुस्कुरायो, अनि भन्यो – ” मेरो तीन चोटी सम्बन्ध–बिच्छेद भैसकेको छ। अहिले चौथो बिवाह हो, राम्रो छ ।“ आश्चर्यचकित हुँदै उसले भन्यो – ” डाक्टरसाहव, तपाईंको आफ्नै बैवाहिक जीवन असफल रहेछ । मलाई केसल्लाह दिनु हुन्छ ?”
हाँस्दै डाक्टरले भन्यो – ” त्यहि त गाँठी कुरो हो । अरु डाक्टरहरुसंग ज्ञानमात्र छ, म सँग तीन तीन सम्बन्ध–बिच्छेदको ब्यक्तिगत अनुभव छ । त्यसैले तम एक्स्पर्ट हुँ । तपाईंले ढुक्क भएर मलाई विश्वास गरे हुन्छ ।“
उसलाई चक्कर आयो । मनमनै भन्यो – ” यसले त मेरो बैवाहिक जीवनडुबाईदिन्छ ।” उ डाक्टरको कोठाबाट निस्कियो । बाहिर आफ्नो बैवाहिकजीवन बचाउन डाक्टरलाई कुरेर बसेकाहरुको भीड थियो ।
युलेस, टेक्सास
सेप्टेम्बर १६, २०२२
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...