अमेरिका–अमेरिकाको आयोबाको डिमोइनमा नेपालीले संचालन गरेको आरुष ज्वेलरी पसलमा लुटपाट भएको लाखौ डलर बराबरको सुन पाच महिना वितिसक्दा सम्म फेला पर्न सकेको छैन ।

लुटेराले पसल तोडफोड गरेर झण्डै सात लाख डलर बराबरको ९ किलो सुन लुटपाट भएको थियो । संचालक राम नेपालले कसैले सुन लुटने लुटेराको सुराकी दिएमा १ लाख ५० हजार डलर पुरस्कार दिने घोषणा सोमबार गरेका छन् । सुराकी दिनेको नाम गोप्य राखिने समेत बताएका छन् । सुराकी संचालक नेपाली या प्रहरीलाई दिन सकिने बताईएको छ । सुनपसल तोडफोड र लुटपाटमा नेपालीकै संलग्नता रहेको आंशका गरिएको छ । संचालक नेपालीले अहिले साउथ रिजमा नया ज्वलेरी पसल संचालन गरेका छन् र्
रातको ९ बजे पसल बन्द गरेर गएको पसल ११.५६ बजो लुटपाट भएको थियो । बिहान पसल खोल्न आउदा पसल तोडफोड गरेर लुटपाट भएको देख्यौ’ संचालक नेपालीले भने– ‘सुनको तिजौरी मेसिन नै काटेर सुन बोरामा हालेर लगेछन् ।’
उनका अनुसार पसलको सिसि क्यामेरा समेत नचलोस भनेर इन्टरनेटको सबै तार सुरुमा काटेको रहेछ । सिसि क्यामेरा नचलेकोले लुटेराको पहिचानमा समस्या भएको छ । लुटेरा एसी राख्ने ठाउको अक्सिजन काटेर पसल भित्र छिरेको देखिन्छ ।
सुन लुटेराहरुले सुन संगै रसाइनका टुक्रा समेत लिएर गएका थिए ।
नेपालीले सात वर्ष देखि ज्वलेरी पसल आयोबामा संचालन गदै आएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected