अमेरिका– अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा कोरोना महामारीको अन्त्य भएको दाबी गरेका छन् ।
राष्ट्रपति जो बाइडेनले सिबिएस न्युजको ६० मिनेट कार्यक्रमको दौरान यस्तो दाबी गरेका हुन ।
कोरोना महामारीको एउटा प्रश्नमा राष्ट्रपति जो बाइडेनले कोरोना महामारीको अन्त्य भएको बताउदै उनले सबैले मास्क लगाउन छाडेको बताए ।

उता रिपब्लिकन पार्टिले बाइडेनको दाबीमा प्रश्न उठाएको छ । यदि महामारी अन्त्य भएको हो भने किन सार्वजनिक स्वास्थय आपतकालिन किन नविकरण गर्ने त । आउदो महिना समाप्त हुने सार्वजनिक स्वास्थय आपतकालले अमेरिकीहरुलाई मेडिकेट लगायतका सुविधा दिएको थियो । यदि बाइडेन प्रशासनले सार्वजनिक स्वास्थय आपतकाल समाप्त गरेको खण्डमा १५ दशमलव ८ मिलियन अमेरिकनले मेडिकेट कभरेज गुमाउनेछन् ।
बाइडेनको टिप्पपी संगै अझै पनि अमेरिकामा दैनिक कोरोनाबाट ५७ हजार सक्रमित भइरहेका छन् । औसतमा झन्डै ३० हजार अस्पताल भर्ना भइरहेका छन् भने प्रत्येक दिन ४ सय जनाको मुत्यु भइरहेको बासिङटन पोष्टको रिपोर्टमा उल्लेख छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected