लक्ष्मीज्यन्तिमा कवितामय बन्यो ड्यालस

टेक्ससको ड्यालस स्थित नेपाली मन्दिर परिसर कवितामय बन्यो । टेक्सस वरपरका कवि मनहरु भेला भएर चोेटिला र रसिला कविता सुनाए ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज ड्यालसले १ सय ११ औ लक्ष्मी ज्यन्ति तथा पुष्पराज भुपकुमारी कविता प्रतियोगिता नै आयोजना ग¥यो । कार्यक्रममा प्रतियोगि संगै केही अप्रतियोगी कविता पनि वाचन भए ।
प्रतियोगितामा एक दर्जन कविहरुले कविता वाचन गरे । कविताहरु बढी पछिल्लो समय भारतले मिचेको नेपाली सिमा देखि नेपालको समसामयिक विषयमा कविताहरु वाचन भएका थिए ।
कविता प्रतियोगितामा गोपालप्रसाद भण्डारीको कविताले प्रथम पुरस्कार जित्यो । उनले पुरस्कार संगै ३ सय डलर नगद र सम्मानपत्र पाए । त्यस्तै राधाकृष्ण काफलेको कविता दोस्रो हुदै २ सय डलर र धनन्जय ढकाल र सुनिता बस्नेतको तेस्रो हुदै एक सय डलर पुरस्कार पाए । कविता प्रतियोगिताको निर्णायकमा विजयराज भट्टराई, गौरीराज जोशी र अर्जुृनराज पन्त रहेका थिए । विजय कविताका स्रष्टलाई प्रमुख अतिथि भुपकुमारी जोशीले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो । अन्तराष्ट्रिय साहित्य समाज टेक्ससका अध्यक्ष कपिल अधिकारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा महासचिव सुमन कार्कीले कार्यक्रम संचालन र भिम कार्कीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा ६० भन्दा बढी साहित्य अनुरागीहरुको सहभागिता रहेको थियो ।