अमेरिका– अमेरिकामा पनि नेपालीले यसरी प्रगति गरिरहेका छन् । जुन अन्तराष्ट्रिय संचारमाध्यममा हेडलाइन बनिरहेका छन् । यस्तै
अमेरिकामा नेपाली युवाले हाकेको साइबर सेक्युरिटी सम्बन्धी सफ्ट वेयर कम्पनीलाई अमेरिकाका क्राफ्ट भेन्चरको नेतृत्वमा केही लगानीकर्ताले २१ मिलियिन डलर लगानी गरिदिएका छन् ।
अमेरिकाको क्यालिफोर्नियाको सानफ्रान्सिसकाको सिलिकन भ्यालीमा रहेको सेक्युरिटी पल भन्ने कम्पनीलाई यति ठुलो रकमको फन्ड प्राप्त भएको हो , जसको संचालक तथा सिइओ नेपाली मुलका अमेरिकन युवा ३१ वर्षिय पुकार चन्द्र हमाल रहेका छन् । जुन समाचार अमेरिकाको चर्चित बिजनेस म्यागजिन इन्साइडरमा समेत प्रकाशित भइसकेको छ ।
२०१३ मा स्टेन्ड फोर्ड युनिभर्सिटीबाट इन्टरनेशनल रिलेशन तथा बिजनेतसमा ग्रयाजुवेट गरेका हमालले केही वर्ष सिलिकन भ्यालीमा रहेका अमेरिकाका धेरै सफ्टवेयर कम्पनीमा काम गरे । उनले फुल स्कलर सिपमा कलेज अध्ययन गरेको उनको पिता हरिशचन्द्र हमालले युएसनेपाल पोष्टलाई जानकारी दिएका छन् ।
आफनो कामको अनुभवलाई सदुपयोग गदै आफुले कमाएको लगानी सन् २०२० मा आफैले साइबर सेक्युरेटी पल नामको सफ्टवेयर निर्माण गर्ने कम्पकी खोले । उनको यो कम्पनीमा अमेरिकामा २ सय भन्दा बढीले काम गदै आएका छन् । त्यसै गरि नेपालमा पनि उनले १२० भन्दा बढीलाई आफनो कम्पनी मार्फत रोजगारी दिएका छन् ।
मुलथलो दार्चुलाका ब पुकारले न्युयोर्कको फरेष्ट हिल स्कुलबाट हाइस्कुलको शिक्षा लिएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected