अमेरिकामा आवेदकको ग्रिनकार्ड ६ महिनामा पाउने प्रकृया अघि बढदै
अमेरिका–अमेरिकामा आवेदन दिएका आप्रवासीको ग्रिनकार्ड प्रकृया ६ महिना भित्रमा पुरा गर्ने प्रकृया अघि बढेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको एक आयोगले ग्रिनकार्ड आवेदकको प्रकृया ६ महिनामा पुरा गर्न सिफारिस गरेको हो । बाइट हाउसले पनि यस सम्बन्धमा गंभीर रुपमा विचार गरिहेको छ ।
यो प्रकृया छिटो लागु भएमा ग्रिनकार्डको प्रतिक्षामा लामो समयदेखि रहेका नेपाल सहित एशियाका धेरै आप्रवासीहरु रहेकाहरु लाभान्वित हुने छन् । गएको मे १२ मा गरिएको सिफारिसको रिपोर्ट आयोगले शुक्रबार जारी गरेको हो । जुन गएको अगष्ट २४ मा राष्ट्रपतिलाई पठाइएको थियो । बाइट हाउस भित्रको एउटा परिषदले यो सिफारिसको समिक्षा गरिहेको छ।
कोरोना महामारी, लकडाउन, कर्मचारीको अभाव, विभिन्न समयमा लगाइएको यात्रा प्रतिबन्धका कारण ग्रिनकार्ड जारी गर्ने वार्षिक लक्ष्य अमेरिकामा पुरा हुन सकिरहेको छैन । सन् २०२१ म २ लाख २६ हजार ग्रिनकार्ड जारी गर्नुपर्नेमा जम्मा ६५ हजार ४ सय ५२ ग्रिनकार्ड मात्र जारी भएको थियो ।
आयोगले कर्मचारीको क्षमता बढाएर वार्षिक रुपमा शतप्रतिशत ग्रिनकार्ड जारि गरिहने बताएको छ ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















