अमेरिका– अमेरिकामा एक तीन वर्षिय बालकले गल्तीले बन्दुक चलाउदा आफनै आमाको ज्यान गएको छ ।
दक्षिण क्यारोलिनाकी कोरा लिन बुस नामकी महिनाको उपचारको क्रममा अस्पतालमा मुत्यु भएको प्रहरीले जनाएको हो ।
बालकको हातमा खुलेको बन्दुक रहेको र गल्तीले चलाउदा उनको मुत्यु भएको बताइएको छ । घटनाको दुई घन्टापछि ३३ वर्षिय ति महिलाको स्थानिय अस्प्तालमा उपचार हुदा हुदै ज्यान गएको थियो । घटना कसरी घटयो भन्ने बारेमा केही खुलेको छैन र प्रहरीले थप अनुसन्धान गरिहेको छ । सानो बालकको हातमा कसरी बन्दुक पुग्यो भन्ने बारेमा नै प्रश्न उठेको छ ।
पछिल्लो एक तथ्याङक अनुसार अहिलेसम्म अमेरिकामा बालकले बन्दुक चलाएको १९४ घटना भएका छन् । घटनामा ८२ जनाको मुत्यु र १२३ जना घाइते हुन पुगे ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected