गैरकानुनी बाटो हुदै अमेरिका आउन लागेका दांगका युवाको भारतमा मुत्यु
अमेरिका आउने सपना बुनेका दाङका २६ वर्षिय युवा विनोद साहुको भारतमा डेगुबाट ज्यान गएको छ ।
झन्डै एक महिना अघि गैरकानुनी बाटो हुदै अमेरिका आउन भारतमा रहेका उनको ज्यान गएको सेतोपाटीले समाचारमा जनाएको छ ।
अमेरिका आउनका लागी उनले मानव तस्करलाई झन्डै ४५ लाख रुपैया बुझाइसकेका थिए । भारतको बाटो हुदै गैरकानुनी रुपमा अमेरिका छिराउन मानव तस्करले सेटिङ मिलाइरहेका थिए ।
तर विनोदको भने डेगुको कारण भारतमा मुत्यु भएपछि उनको लाखौ रकम त डुब्यो नै परिवार पनि शोकमा डुबेको छ । उनको शब भारतबाट अहिले नेपालगञ्ज अस्पताल ल्याइएको बताइएको छ । विनोद एक महिना अघि दाङबाट अमेरिका जान भारत छिरेका थिए ।
पछिल्लेो समय अमेरिका सपना पछ्याउदै गैरकानुनी रुपमा हिडदा कतिपयको बीचबाटोमै मुत्यु हुने गरेको छ । अमेरिका ल्याउन मानव तस्करले ५० देखि ७५ लाख रुपैया असुल्ने गरेका छन् ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...