अमेरिका– क्यालिफोर्नियामा गैरकानुनी आप्रवासीलाई स्टेट आइडी प्रदान गर्ने तयारी सुरु भएको छ ।
क्यालिफोर्नियाका गर्भनर ग्याभिन न्युजमले गैरकानुनी आप्रवासीलाई स्टेट आइडी प्राप्त गर्न अनुमति दिने बिधेयकमा हस्ताक्षर गरेका छन् ।
बिलले गैरकानुनी आप्रवासीलार्य बैकिङ सेवामा पहुच, सरकारी लाभ प्राप्त गर्न र स्वास्थय सेवा प्राप्त गर्न अनुमति दिन्छ ।
बिलले क्यालिफोर्नियाका कानुनी बासिन्दा नभए पनि सरकारले जारी गरेको आइडी प्राप्त गर्न अनुमति दिन्छ ।

उनले आप्रवासीको राज्यमा बिलमा हस्ताक्षर गर्न पाउदा खुशी लागेको बताएका छन् ।
क्यालिफोर्नियाको पब्लिक पोलिसी संस्थाका अनुसार क्यालिफोर्नियाका झन्डै ११ मिलियन आप्रवासी मध्ये २२ प्रतिशत गैरकानुनी रुपमा अमेरिका रहेका छन् ।
गर्भनर ग्याभिनले पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको भिसा पोलिसीले धेरै गैरकानुनी आप्रवासीले क्यालिफोर्निया छाडेको आरोप समेत लगाए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected