अमेरिका–अमेरिकाको क्यालिफोर्नियामा सुनयोजित हत्याको अभियोगमा आजीवन जेल सजाय भोगीरहेका एक नेपालीको कैदीकै आक्रमणबाट ज्यान गएको छ ।
नेपाली मुलका अमेरिकन ४१ वर्षिय कौशल निरौलाको क्यालिफोर्नियाको रिभरसाइट काउन्टी जेलमा ज्यान गएको हो ।

अमेरिकाको संचारमाध्यम एनबीसी सिटी न्युज सर्भिसका अनुसार कारागारमा रहेका ६१ वर्षिय रोडनी रोनाल्ड नामका कैदीसंगको झगडमा उनको ज्यान गएको बताइएको छ । कारागारमा बेहास भेटिएका उनलाई चिकित्सकले मृत घोषीत गरेको बताइन्छ । हत्या अभियोगमा जेल परेका निरौलाको हत्यामा पुन सुनुवाई हुने तयारीमा थियो । तर उनको सुनुवाई नहुदै ज्यान गएको छ । उनलाई तोकिएको सजाय उल्टने बाला थियो या थिएन तर सुनुवाई नहुदै ज्यान गुमाउन पुगे । ६१ ीत कैदीलाई हत्याको अभियोग लगाइएको छ ।
उनी सहित एक ७४ वर्षिय व्यापारीको हत्यामा सहयोग गरेकोअ अभियोगमा उनलाई आजीवन काराबासको सजाय सुनाइएको थियो । २००८ मा ति व्यापारीको हत्या उनकै घरकै किचनमा चक्कु प्रहारबाट भएको थियो । तर हत्या गरिएका ति व्यापारीको शब वर्षो पछि फेला परेको थियो । निरौला सहित अन्य व्यक्तिलाई दोषी ठहराउदै जन्मकैदको सजाय सुनाइएको थियो । यो घटना तत्कालिन समयमा अमेरिकामा यो हत्याकान्ड चर्चाको विषय बनेको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected