अमेरिका–अमेरिकामा पहिलो पटक विधुतिय हवाईजहाजले उडान भरेको छ । अव जहान इन्धनले हैन बिधुतिय ब्याटरीबाट समेत उडान भर्नेछ
विना इन्धन बिधुतिय मोटरको माध्यमद्धारा चलाइने जहाजले अमेरिकामा उडान भरेको छ । अमेरिकाको बासिङटनबाट मंगलबार प्रोटोटाइप अल इलेक्ट्रिक हवाईजहाजले पहिलो उडान भरेको थियो । झन्डै उडेको ८ मिनेट पछि विमान अवतरण भएको थियो ।
यदि फेडेरल एविएसन विभागले जहाजलाई सर्टिफाई गरिदियो भने यो पहिलो बिधुतिय व्यवसायिक यात्रु बोक्ने जहाज बन्नेछ । यो जहाज ९ यात्रु र दुई पाइलटका लागी तयार पािरएको हो ।
यो विमान २१ ह्जार ५ सय छोटो टेस्ला स्टाइलको ब्याटरी सेलद्धारा संचालित हुन्छ र विमानको तौल चार टन रहेको छ । विमान क्षेत्रमा यसलाई क्रान्तिकारी आविष्कारको रुपमा लिइएको छ । यो विमान आर्थिक रुपले समेत सस्तो र टिकाउ भएको बताइएको छ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...