अमेरिका– अमेरिकाको सिनेटमा बुधबार आप्रवासीहरुले छिटो ग्रिनकार्ड प्राप्त गर्ने ग्रिनकार्ड सशोधन सम्बन्धी बिल पेश भएको छ ।
अमेरिकी सिनेटका चार वरिष्ठ डेमाक्रेट सिनेटरहरुले ग्रिनकार्ड भिसालाई लिएर यस्तो बिल पेश गरेका हुन । यो विधेयक पास भएपछि नेपाल सहित ८० लाख आप्रवासीहको लामो समय देखि प्रतिक्षारत ग्रिनकार्ड पाउने सपना साकार हुनेछ । लामो समयदेखि असाइलम लगायत अन्य भिषा प्रकृया मार्फत अमेरिकाको ग्रिनकार्डका लागी आवेदन दिएका नेपालीहरुलाई समेत यसले फाइदा पुग्नेछ ।
ग्रिनकार्ड सम्बन्धी यो विधेयकले सात वर्षदेखि लगात्तार अमेरिकामा रहेका आप्रवासीहरुले आवेदन दिएको खण्डमा स्थायी बसोबासको अधिकार सहितको ग्रिनकार्ड पाउनेछन । अमेरिकामा विभिन्न तरिकाले आएकाहरुले वर्षोदेखि स्थायी बसोबासका लागी ग्रिनकार्ड पाउन आवेदन दिए पनि पाउन सकेका छैन । प्रकृया लामो र झन्ँझटिलो बन्दै गएको छ । अमेरिकामा ग्रिनकार्ड सम्बन्ध नियमको १९८६ मा अन्तिम संशोधन भएको थियो र त्यसपछि केही सुधार र संशोधन भएको छैन ।
अमेरिकामा ग्रिनकार्ड प्राप्त गरेपछि यहा“को स्थायी बासिन्दा भएको प्रमाण हो । आप्रवासीहरुलाई यसले स्थायी रुपमा अमेरिका बसोबासको अनुमति दिन्छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected