अमेरिकाको फलोरिडामा समुन्द्रीक आधी, २५ लाख घर बिजुलीबिहीन
अमेरिका–अमेरिकाको फलोरिडामा समुन्द्रीक आधीले उत्पात मच्चाएको छ ।
आज बिहान सम्म फलोरिडा भरका झन्डै २५ लाख भन्दा बढी मानिसहरु बिजुलबिहीन भएका छन् ।
बिहीबार बिहान फलोरिडाको दक्षिणी पश्चिमी तटमा १५० माइल प्रतिघन्टाको दरले आधी आएको बताइएको छ । जुन बुधबार २५० किमी प्रतिघन्टाको थियो ।
यो आधी आज फलोरिडाको पुर्वी मध्य तटबाट सर्ने अपेक्षा गरिएको छ । राष्ट्रपति जो बाइडेनले फलोरिडामा बुधबार देखि आएको समुन्द्रीक आधीको विनासलाई लिएर ठुलो प्रकोप घोषणा गरेका छन् । विनासबाट प्रभावितलाई उद्धारका लागी आव्हान गरेका छन् । आधीकै कारण भारी वर्षा हुदा फलोरिडाका केही क्षेत्रहरु जलमग्न भएका छन् । लाखौ मानिसहरु विस्थापित भएका छन् ।
यो आधी शुक्रबार समेत झनै कडा रुपमा अगाडी बढन सक्ने अनुमान गरिएको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...