आयो टप्प टिप्यो, लग्यो मिति पुग्यो टारेर टदैन त्यो
लाखौ औषध अस्त्रशस्त्र महिमा देखेर ड¥दैन त्यो ’

कवि शिरोमणि लेखनाथ पौडयालले कालमहिमा कवितामा भने जस्तै भयो टेक्ससकी सामाजिक अभियान्ता इरा आचार्यको जीवन पनि । कालले अल्पायुमै चुडेर लग्यो उनलाई । उनको निधनले यहाँ धेरैका आँखा रसाए ।
उनले नेपाली समाज टेक्ससमा गरेको योगदान सम्झिएन मात्र उनको अभाव महसुस गरेका छन् । सामाजिक संजालका भित्ताहरु शोक वाक्यहरुले भरिए । गएको शुक्रबार बिहान इराले सधैका लागी संसार छाडेर हिडिन । यतिबेला परिवार मात्र हैन टेक्ससको नेपाली समाज नै शोकमा डुबेको छ । आँखामा राखे पनि नबिझाउने थिइन इरा दिदी भन्दै शोक व्यक्त गरेका छन् ।

इराले पाएकाे सम्मान

क्यानसरले उनलाई ५९ वर्षको उमेरमै सधैका लागी चुडेर लग्यो । उनी टेक्ससको फोटवर्थ हस्र्टमा परिवार संगै बस्दै आएक िथिइन । उनी अघिल्लो वर्षको डिसेम्बर महिनादेखि बिरामी परेकी थिइन ।
सन् २००६ मा अमेरिका आएकी इराले टेक्ससमा रहेर बा“चुन्जेल आफुले सकेको सामाजिक योगदान दिइन । संघसंस्थाको अगुवाई गरिन । २०१३ देखि २०१४ सम्म उनी ड्यालस एभरेष्ट लायन्स क्लबको अध्यक्ष भएर काम गरिन ।

त्यतिबेला उनले यहा“ वाक फर किडनी नामक सहयोग अभियान चलाएर नेपालमा आरोग्य केन्द्रका लागी उनको पहलमा सहयोग पनि भयो त्यतिबेला ।
त्यस्तै उनी ब्लड डोर्नस अफ अमेरिकाका केन्द्रिय सदस्य तथा प्रकाशन प्रमुख भएर पनि काम गरिन । त्यस्तै उनी डेपलपमेन्ट फर पिस इन्टरनेशनलको कार्यक्रम निर्देशक भएर लामो समय देखि सामाजिक अभियानलाई अगाडी बढाउने काम गरिन । नेपालमा संस्था मार्फत ४० जना अनाथ तथा भुकम्प पीडित बालबालिका लागी पढाउने उनको पहलमा पढाउने काम भयो ।

इराको सहयोगी मन अमेरिका आउनु अगाडी नै नेपालमा हु“दा देखि नै हो । उनी नेपालमा १९९९ देखि २००४ सम्म युएनडिपी अन्तर्गत लघु उद्यम विकास कार्यक्रमको कार्यक्रम निर्देशक भएर काम गरिन । त्यतिबेला उनको पहलमा नेपालाका २ हजार महिलालाई लघु उद्यमी बन्न सफल भए । डिएफआइडीमा दुई वर्ष लघु उद्यम विशेषज्ञ भएरै काम गरिन । त्यस्तै अन्य सघ संस्थामा रहेर पनि उनले लामो समय काम गरिन ।

श्रीमान बैकुन्ठराज आचार्यसंग दिवंगत इरा आचार्य (फाईल फाेटाे)

त्रिभुवन विश्विद्यालयबाट अर्थशास्त्रमा एमए गरेकी इरा महिला विकासको बारेमा पोस्ट ग्रयाजुएट तथा रिसर्च अध्ययनका लागी उनी २००२ मा ६ महिनाका लागी जर्मन समेत पुगेकी थिइन । स्वर्गिय इराका श्रीमान बैकुन्ठराज आचार्य टेक्ससमा सक्रिय साहित्यकार हुन । उनले नेपाल सरकारमा १६ वर्ष सिभिल इन्जिनियर भएर काम गरे । स्वर्गिय इराका एक छोरा र एक छोरी छिन् । उनी लामो समय देखि जेपी मोर्गानचेस मा क्वालिटी कन्ट्रोलरको रुपमा समेत का गदै आएकी थिइन ।
उनको देहान्तमा धेरैले उनको अभाव भएको भन्दै दुखेसो पोखेका छन् । लवकका समाजसेवी रेसम घर्तिले हनोहार, जुझारु महिला, मिनसार र कुशल नेतृत्व क्षमता भएकी इराजीको निधनले नेपाली समाजमा अभिभावक गुमाएको महसुस भएको छ’ घर्तिले भनेका छन्– ‘उहा“को योगदानको जति प्रशसा गरे पनि कम हुन्छ ।’
स्वर्गिय इराको आज दिउसो २ बजे नेपाली मन्दिर टेक्सस, नेपालीसमाज टेक्सस , ब्लर्ड डोर्नस एशोसिएसन लगायतको पहलमा ९७०० वेभ च्यापल रोड ड्यालसमा अन्तिम दाहसंस्कार हुदैछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected