अमेरिका– अमेरिकामा बडादशैको चहलपहल सुरु भएको छ । नेपालीहरुको अधिक बसोबास रहेको टेक्ससमा पनि यतिबेला दशैको रौनकताले छाएको छ ।
नेपालीहरुको एक मात्र छाता संगठन नेपाली समाज टेक्ससले दशैको अवसर पारेर दशै महोत्सव २०७९ आयोजना गरेको हो ।
भोली अक्टोबर १ शनिवार
अर्भिङ एक्जीबिसन हलमा भव्य दशै इमेन्ट हुदैछ । नेपालकै झझल्को दिने गरि दशै उत्सव आयोजना गरेका छौ’ नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र बाग्लेले भने– ‘खाना उत्सव देखि रमाइला इमेन्टहरु कार्यक्रमहरु रहेका छन ।’
कार्यक्रममा टिका लगाउने कार्यक्रम देखि विभिन्न नेपाली पहिचान दिने बस्तुहरु कार्यक्रममा प्रदर्शनमा रहनेछन् । भव्य रुपमा आयोजना हुने कार्यक्रममा प्रवेशका लागी अनलाइन मार्फत टिकट लिए ३० डलर प्रति व्यक्ति र डोर सेल टिकट ४० डलर रहेको छ ।
विविध सांस्कृतिक कार्यक्रमका साथ आयोजना हुने कार्यक्रममा चर्चित नेपाली कलाकारहरुको समेत लाइभ प्रस्तुति रहनेछ । १९७४ एडीका चर्चित गायक एड्रीन प्रधान तथा आधुनिक संगीतका हस्ती नरेन्द्र प्यासीको विशेष प्रस्तुती रहनेछ । त्यस्तै स्थानिय विभिन्न कलाकारहरुको विविद्य सांस्कृतिक कार्यक्रम समेत रहेका छन् ।
कार्यक्रमको अन्तयमा डिजेको संगीतमा एक साथ झुमेर रातलाई रंगीन बनाइनेछ । एक साथ नेपाली समुदायलाई दशैको झझल्को दिने गरि आयोजना गरिएको यो कार्यक्रममा सहभागी भएर नेपालको झझल्को मेटन नेपाली समाज टेक्ससले सबैलाई आव्हान गरेको छ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...