बिहान नौ बजे तिर एउटा युवक महाराजगंज चक्रपथमा गाडी गुडाउँदै थियो भित्र गल्लीबाट एउटा स्कुटी हानिएर चक्रपथमा प्रवेश गर्न लागेको देखि पछिउसले झ्याप्प ब्रेक लगायो चर्र आवाज गर्दै गाडी रोकियो ठूलै दुर्घटनाहुनबाट जोगियो अलि पर स्कुटी रोकेर एक नवयुवती के के भन्दै थिइन्उनको वरिपरि भीड लागिसकेको थियो ट्राफिक प्रहरी पनि आइपुगिसकेकाथिए  दुवै सवारीलाई किनार लगाउन भनियो

ठूलो गाडीले हेपेर स्कुटीलाई पेलेको भन्दै केहि नवयुवकहरु न्यायाधिस बन्दैगाडीको युवकलाई  गोदुंला जस्तो आँखाले हेरिरहेका थिए हेर्दै नहेरिचक्रपथमा स्कुटी हुल्दा कत्रो ठूलो दुर्घटना हुँदै थियो, तर आफुले बडोहोसियारीपूर्वक बचाएको सोचेर युवक पनि बिचलित नभई गाडीमै बसिरहेकोथियो उसलाई देखेर नवयुवकहरुले सामन्ती भन्न पनि भ्याइरहेका थिए मौका मिले ठूलै बबाल मच्चाउने सुरमा  थिए उनीहरु

प्रहरीले स्कुटीकी नवयुवतीसंग कुरा गर्दा गर्दै उनी सुँक्क सुँक्क गर्न थालिननवयुवकहरु हिरो बन्ने मौका खोजिरहेको प्रष्टै देखिन्थ्यो प्रहरीले तीनवयुवकहरुलाई परै बस्न लगाएर नवयुवतीसंग फेरि कुरा गर्यो उनी स्कुटीभनेर हेपेर मलाई झन्डै भन्दै सुँक्क सुँक्क गरिरहिन

गाडीवाला युवक कहाँ गएर प्रहरीले   “के हो कुरोभनेर सोध्योहेर्नोसप्रहरी दाइ, मैले होश नपुर्याएको भए खत्तम थियो कुरो उहाँ हेर्दै नहेरि चक्रपथमा छिर्दै हुनुहुन्थ्यो उहाँलाई बचाउँदा मलाई झन्डै अर्को गाडीले खत्तमपारेको  उहाँलाई यो कुरो भनिदिनु पर्यो” –युवकले एकै सासमा भन्यो

ट्राफिक प्रहरीले फेरि ती नवयुवती कहाँ पुगेर युवकले भनेको कुरा गरे नवयुवतीले  सुँक्क सुँक्क गर्दै आफ्नो  हातगोडा छामिन, स्कुटीलाई हेरिन कतै केहि भएको थिएन अनि उनले रिसाउँदै भनिन – ” हेर्नोस प्रहरी दाइ, सानो स्कुटी भनेर पेल्ने राम्ररी हेरेर चलाउन पर्दैन आज मलाई केहि भएकोभए के हुन्थ्यो ? आइन्दा यसरि गाडी चलाउँदिन भनेरसरिभन्नु पर्छ मलाई

ट्राफिक प्रहरीले युवकलाई सन्देस सुनाए युवक वाल्ल पर्यो प्रहरीले भने – ” एक चोटी गाडीबाटै जोडले  ‘सरिभन्नोस् , कुरो मिलिहाल्छ कहाँलफडामा पर्नु हुन्छ ?”  

युवकले गाडीबाट मुन्टो बाहिर निकालेर हात हल्लाउँदै जोडलेआई एम सरिभन्यो उताबाट नवयुवतीले पनि हात हल्लाउँदै इट्स . के.भन्दैमुसुक्क हाँस्दै स्कुटी चलाइन त्यहाँ उपस्थित केहि नवयुवकहरु हिस्स पर्दैथिए, केहि जिल्ल पर्दै थिए, केहि मुसुमुसु हाँस्दै थिए

सेप्टेम्बर २७, २०२२

युलेस, टेक्सास

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected