अमेरिका– सभाहलमा प्रवेश गर्नेहरुलाई निधारमा रातो टिका लगाइयो । नेपाली पहिरनमा सजिएकाहरुलाई यसरी टिका लगाईदिदा बडादशै आएको झझल्को दिन्थयो । नेपाली मन्दिरका गुरु डा शेखर पण्डितले आसिस दिदै टिका लगाइदिएका थिए ।


नेपाली समाज टेक्ससले आयोजना गरेको दशै विशेष कार्यक्रममा अर्भिङ स्थित एक्जीबिसिन हलमा शनिवार देखिएको दृश्य हो ।
नेपालीहरुको महान पर्व बडादशैलाई लक्षित गरि आयोजना गरिएको दशै इमेन्टमा टेक्सस वरपरका नेपालीहरुको जमघट रहेको थियो ।
दशैको संघारमा एकआपसमा भेटघाट र भाइचाराको सम्बन्ध स्थापित गराउदै मनोरञ्जन दिन आयोजना गरिएको कार्यक्रममा फरक फरक गीत संगीत र सांस्कृतिक कार्यक्रमहरु रहेका थिए ।


कार्यक्रममा चर्चित नेपाली पप ब्यान्ड १९७४ एडीका एड्रीन प्रधान विशेष आकर्षण रहे । उनले यो मन त नेपाली हो, संबोधन लगायत आफना कर्णप्रिय गीतले कार्यक्रमको माहौल तताएका थिए । उनको गीत संगै संगै गाउदै दर्शकले हो मा हो मिलाउदै साथ दिएका थिए । सन् २०११ म ड्यालसमा पहिलो पटक सांगीतिक प्रस्तुती दिएपछि उनी दोस्रो पटक ड्यालसका नेपालीलाई तताउन आइपुगेका थिए ।

कार्यक्रममा अर्को आकर्षण सुगम संगीतका हस्ती नरेन्द्र प्यासी रहेका थिए । क्यालिफोर्निया देखि आएका यी गायकले दर्शकलाई भावुक देखि नचाउने खालका गीत पस्केर मनोरञ्जन दिए ।
उनले तिमीले दिने माया, के भुल भयो प्रिया जाम क्यारे, लगायतका चर्चित गीत गाएर कार्यक्रमको माहौलाई रंगीन बनाए ।
गीत संगीतको मनोरञ्जन संगै दर्शकलाई फरक मनोरञ्जन दिन चर्चित हास्यकलाकार नारायण त्रिपाठी मञ्चमा देखिए । उनले दशै सम्बन्धी व्यङगले भरिएको हास्य प्रस्तुति दिएका थिए ।


कार्यक्रमा स्थानिय विभिन्न कलाकारहरु पनि गायन प्रस्तुती दिएका थिए । त्यस्तै गरि विभिन्न जनजातीका नृत्यहरुले पनि कार्यक्रममा रस प्रदान गरेको थियो । साना बाबुनानीहरुले पनि विभिन्न गीतमा नृत्य पस्केका थिए । कार्यक्रमको अन्तमा डिजे सेसनमा विभिन्न गीतमा उपस्थित सबै एक साथ नाचेर रातलाई रंगीन बनाएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected