ह्यारी भण्डारीलाई हराउन रिपब्लिकनका नेता हराउने अभियानमा
अमेरिका– नेपाली मुलका एक मात्र राज्य सांसद ह्यारी भण्डारी दोस्रो पटक मेरिल्यान्ड राज्यसभाका लागी उम्मेदवार बनेका छन् ।
अबको एक महिनापछि नोभेम्बर ८ मा निर्वाचन हुदैछ । अघिल्लो पटक निर्वाचन जितेर मेरिल्यान्ड राज्य सांसद बनेका ह्यारी भण्डारीलाई यसपटक ह्यारी विरुद्ध मेरिल्यान्ड राज्यको गर्भनर पदका रिपब्किलन उम्मेदवार डेन कक्स लागेका छन् ।
ह्यारी भण्डारीले युएसनेपाल पोष्टसंगको कुराकानीमा यो कुराको पृृष्टि गरेका छन् । भण्डारीका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प कट्टर समर्थक मानिने डेन कक्स आफुरु विरुद्ध थुप्रै नकारात्मक आरोप लगाउदै मतदातालाई घरघरमा प्रचारात्मक हराउने अभियान थालेका छन् । भण्डारीलाई हराउदै आफनो रिपब्लिकन पार्टिका उम्मेदवारलाई जिताउने आव्हान गरेको बताइन्छ ।
दोस्रो पटक मेरिल्यान्ड राज्य सांसदको उम्मेदवारका लागी चुनाव लडीरहेका भण्डारीलाई रिपब्लिकनका गर्भनर पदका उम्मेदवार कक्सको त्यो विरोध अभियानले प्रभाव पार्ने देखिएको छ । डेमाक्रेटकै मतदातालाई समेत भडकाइएकोले चुनावमा कठिन हुने देखिएको छ । भण्डारीको क्षेत्रमा १ लाख भन्दा बढी मतदाता रहेका छन् ।
नेपाली समुदायको आवाज अमेरिकाको सम्बन्धीत निकायमा पुराउदै नेपालीको समस्यामा सधै अग्रसर हुदै आएका भण्डारीलाई यतिेबला सहयोग चाहिएको छ । नेपाली आवाजलाई अमेरिकाको माथिल्लो तहसम्म पुराउन आर्थिक संकलन आवश्यक हुन्छ । अमेरिकाको निर्वाचनमा जसले जति अर्थ सक्लन ग¥यो त्यसले चुनाव जित हारमा प्रभाव पार्ने भएको सबै नेपालीले हयारी भणडरीलाई दोस्रो पटक निर्वाचित गराउन आर्थिक संकलनमा सहयोग गर्न आग्रह गरिएको छ ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...