बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दिप लामिछाने पक्राउ
काठमान्डौ–नाबालिका बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दिप लामिछाने त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।
कतार एयरवेजबाट नेपाल फर्किएका उनले आत्मसमपर्ण गरेलगत्तै प्रहरीले पक्राउ गरेको हो ।
अहिले उनलाई गौशाला प्रहरी वृत्तमा राखिएको छ । प्रहरीले दिएको जानकारी अनुसार उनि माथि गौशाला प्रहरीमा नाबालिका बलात्कारको उजुरी परेकोले यहीबाट कार्वाही प्रकृया अघि बढाइने बताइएको छ ।
अहिले दशै विदाका कारण अदालती काम कार्वाही बन्द छ । अदालत खुलेपछि म्याद थपको प्रकया अघि बढनेछ । अहिले सन्दिप विरुद्ध गौशला प्रहरीमा राखेर अनुसन्धान अगाडी बढाइने प्रहरीले बताएको छ ।
बलात्कारको आरोप लागेका सन्दिप विरुद्ध काठमान्डौ जिल्ला अदालतले पक्राउ
पर्जी जारी गदै अध्यागमनले समेत उनलाई कालो सुचीमा राखेको थियो
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...