अमेरिका–अमेरिकाको क्यालिफोर्नियामा आठ महिनाकी नाबालिका सहित भारतीय मुलका एक शिख परिवारको हत्याकान्डले अमेरिकामा हलचल ल्याएको छ । गएको बुधबार राती य भारतीय परिवारको हत्या भएको हो ।
शिख परिवारलाई अपहरण पछि हत्या गर्ने आरोपी जेल सजाय भोेगेर निस्केका व्यक्ति रहेको खुलेको हो । प्रहरीले हत्याको आरोपमा ४८ वर्षिय जीसस सालगाडो नामका व्यक्तिलाई पक्राउ गरिसकेको छ ।

हत्याका आरेापी

उनले आठ महिनाकी नाबालिका आरोही ढेरी, उनको २७ वर्षिया आमा जसलीन कौर, ३६ वर्षिय पिता जसदीप सिंह र ३९ वर्षिय ठुलो बाबा अमनदीप सिहलाई अपहरण पछि हत्या गरेको आरोप छ । चार जनाको शब एउटा बगैचामा पाइएको थियो । उनिहरु मुल रुपमा पञ्जाब होसियारपुरका स्थायी बासिन्दा रहेको बताइन्छ । उनीहरु १८ वर्षदेखी अमेरिका बस्दै आएका थिए ।
उनि माथि प्रतिबन्धीत लागुपदार्थ राखेको आरोप समेत रहेको छ । १७ वर्ष अघि पनि आफैले काम गर्ने कम्पनीका मालिक लाई बन्दुक देखाएर लुटपाट गरेका थिए र ज्यान लिने धम्की दिएका थिए । लुटपाट पछि उनलाई कामबाट निकालिएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected