अमेरिकामा विश्वविद्यालयको छात्राबासमै भारतीय विद्यार्थीको चक्कु प्रहार गरि हत्या
अमेरिका– परडयु युनिभर्सिटी इन्डियानापोलिसमा भारतीय मुलका २० वर्षिय छात्र वरुण महेशको छात्रबासमै चक्कु प्रहार गरि हत्या गरिदिएका छन् ।
युनिभसिर्टीकै छात्रबासमा आफनै कोरियन सहपाठीले चक्कु प्रहार गरि हत्या गरेका हुन । दुबै जना छात्राबासको एउटै कोठामा बस्दै आएका थिए । मृतक वरुण महेश डाटा साइन्सका मेधावी विद्यार्थी थिए ।
हत्याको अभियोगमा पक्राउ परेका कोरियन मुलका छात्र २२ वर्षिय जी मिनलाई पक्राउ गरि अनुसन्धान अगाडी बढाएको छ । कोरियन सहपाठीले हत्या गरेकोमा अफसोच जनाए पनि उनले आफुलाई ब्लेकमेलिङ गरेकोले घटना घटाएको बताएका छन् ।
अदालतमा पेश गर्ने क्रममा हत्या आरोपी मिनले आफुलाई ब्लेक मेलिङ गरेकोले हत्या गरेको बताएका थिए ।
उनले हत्यालाई लिएर आफुलाई खेद लागेको समेत बताए ।
हत्या पछि आरोपी मिनले नै इन्डियाना प्रहरीलाइ फोन गरेर बोलाएका थिए । कुर्सिमा बसेको अवस्थामा निर्मम तरिकाले चक्कु प्रहार गरि २० वर्षिय वरुणको हत्या भएको थियो ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...