अमेरिकाले अफगानिस्तानमा महिला माथि दमन गरेपछि तालीवान माथि भिसामा प्रतिबन्ध
अमेरिका– अमेरिकाले अफगानिस्तानमा महिला माथि दमन गरेकोमा जिम्मेबार ठहराउदै तालिवानका वर्तमान सदस्य, गैर राज्य सुरक्षा समुहका सदस्य तथा अन्य व्यक्तिहरुलाई भिसामा प्रतिबन्ध लगाएको छ ।
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिकनले अफगानिस्तामा महिला माथि दमन गरेको भन्दै उनिहरुलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाइएको जनाएका हुन ।
अफगानिस्तानमा तालिवानले युवतिहरुलाई उच्च शिक्षामा प्रतिबन्ध तथा महिलाको अभिव्यक्ति स्वतन्त्रता, गोपनियता तथा महिला हिंसा तथा उत्पीडनमा सामेल भएको आरोप तालिवानहरुलाई लगाईएको छ ।
अफगानिस्तामा तालिवान सरकार आएपछि त्यहाका महिलाहरुमा विभिन्न प्रतिबन्धहरु लगाइएको छ । त्यहाको महिला माथिको निति र आदेशले महिलाको हकको हनन भएको छ । विदेशी मन्त्री ब्लिकनले एक ट्वीट गदै महिला माथि अफगानिस्तामा लगाएको प्रतिबन्ध लगाउने माथि कार्वाही स्वरुप भिसा प्रतिबन्ध लगाइएको बताएका छन् । उनले मानवअधिकार तथा मौलिक स्वतन्त्रताको सम्मान गर्न समेत दबाब दिएका छ्न ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...