बच्चा जन्मनु ४८ घन्टा अगाडी मात्रै थाहा पाइन आफु गर्भवति छु भन्ने

बच्चा जन्मनु ४८ घन्टा अगाडी मात्रै थाहा पाइन आफु गर्भवति छु भन्ने
अमेरिका– के यस्तो पनि हुन्छ र कुनै महिलालाई आफु गर्भवति छु भन्ने जानकारी हुदैन । तर यहा अमेरिकाको नेब्रासकामा यस्तै एउटा अनौठो घटना भएको छ । एक महिलालाई बच्चा जन्मेको केही घन्टा अघि मात्र पत्ता चल्यो आफु गर्भपति रहेछु भन्ने ।
समाचार अनुसार नेब्रास्काकी २२ वर्षिया पेटन स्टोवरलाई गर्भवतिको कुनै लक्षण थिएन । पेशाले शिक्षिका रहेकी उनले एक दिन अति थकानको महसुस हुदा समेत त्यसलाई नजरअन्दाज गरेकी थिइन । उनले सोचिन कामको थकानले होला ।
तर पछि खुट्टा सुनिन थालेपछि भने उनी डाक्टरकोमा पुगिन । त्यसपछि नै उनलाई पत्ता चल्यो आफनो प्रेमी ट्राविस संगको सम्बन्ध पछि गर्भवति छु भन्ने । डाक्टरले दुई गर्भवति परीक्षण पश्चात नै उनी आमा बन्न लागेको चाल पाइन । उनको किडनी र लिभरले राम्रो संग काम गरिरहेको थिएन । उनलाई अस्पताल भर्ना गराइयो । रक्तचाप बढेपछि अपरेशन गरेर उनको बच्चा निकालियो । सि सेक्सन उपचार पद्धतिको प्रयोग गरेर दस हप्ता अगाडी नै उनको बच्चा निकालिएको थियो । बच्चाको तौल एक किलो ८ सय ग्राम थियो ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...