अमेरिकामा घरबाट निष्कासनका लागी सुचना दिन जाला प्रहरी माथि माहुरीको झुन्ड फ्याकियो

अमेरिका– अमेरिकाको म्यासाच्युसेटसमा घर खाली गराउन सुचना दिन गएका प्रहरी माथि एक महिलाले माहुरीको झुन्ड छाडेको आरोपमा कार्वाही अघि बढेको छ ।
उनी माथि अदालतमा प्रहरी माथि गरेको हर्कतमा मुद्धा परेपछि कार्वाही हुने भएको हो । हैम्पडेन काउन्टीका प्रहरी भाडामा बसेकी ५५ वर्षिया रोरी एस बुडस नामकी महिलालाई घरबाट निष्कासनका लागी सुचना दिन जादा यस्तो हर्कत गरेको बताइएको छ । गएको अक्टोबर १२ मा अदालतमा उपस्थित हुदा उनले आफनो आरोप स्वीकार गरेकी छैनन । उनले आफुलाई गलत तरिकाले निष्कासन गर्न खोजेको आरोप उल्टो लगाएकी छिन् ।
सुरुमा उक्त घरका मालिक एल्टन किङ घर खाली गरिदिन सुचना दिन जादा उनले अटेर गरेपछि प्रहरी पुग्नु परेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । उनले आफनो कार भित्र रहेको एउटा टे«लरबाट माहुरीको झुन्ड बोकेर ल्याई प्रहरी अधिकारीमाथि छाडीदिएकी थिइन । कयौ प्रहरीलाई यसले एलर्जी भएको बताइएको छ । प्रहरीलाई माहुरीका कारण एल्र्जी भएको भन्ने सवालमा ति महिलाले यस्तो जवाफ दिइन– ओहो तपालाई एजर्जी रहेछ, यो त झन राम्रो भयो
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...