अमेरिका– अब हवाईजहाजमा विना रोकावट भिडियो कल गर्न पाइने भएको छ । विश्वकै धनी व्यक्ति एलन मस्कको कम्पनीले यो सेवा सुरु गरेको हो ।
एलन मस्कको स्टारलिंक एविएशनले यो सेवा थालेको हो । यसबाट हवाई यात्रा क्रममा यात्रुहरुलाई वाइभाई सेवाको भरपुर लाभ मिल्नेछ । कम्पनीले १ लाख ५० हजार डलरको हजाइजहाज ऐन्टिना हवाई सेवाहरुलाई प्रदान गदैछ । यो ब्रान्डबेन्ड सेटअपका लागी हार्डबेयरको मुल्य मात्र हो । यो एन्टिना विमानमा स्थापित हुनेछ । कम्पनीले २०२३ को मध्य सम्म विमानस्थलको टर्मिनलहरुमा यसको डेलिभरि गरिनदिने बताएको छ । तपाईले घरमा जसरी इन्टरनेट चलाउनुहुन्छ त्यस्तै दु्रत सेवा हवाई जहाजमा यात्रा गर्दा पाउनुहुनेछ । एलन मस्कले ट्वीट गदै यस बारेमा जानकारी दिएका हुन ।
कम्पनीका अनुसार प्रत्येक टर्मिनल भिडियो कल ,अनलाइन गेमिङका लागी ३५० एमबिपिएसको इन्टरनेट स्पीड रहने दाबी गरिएको छ । यसले विमानभित्र भिडियो कल भच्युअल प्राइभेट नेटवर्क तथा सबै इन्टरनेट सम्बन्धी काम गर्न पर्यापत हुनेछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected