अमेरिका– अमेरिकी राष्ट्रपति जो बाइडेनलाई अदालतबाट झटका लागेको छ ।
राष्ट्रपति जो बाइडेको विद्यार्थी ऋण मिनाह कार्यक्रमलाई अमेरिकी अदालतले रोक लगाइदिएको हो ।
अदालतले बाइडेन प्रशासनलाई आज सोमबार सम्म आदेशको जवाफ दिन समय सिमा दिएको छ । त्यसै गरि राज्यहरुलाई यसको जवाफ दिन मंगलारको समय छ । यस बारेमा अदालतमा राज्यले अपिल गर्न सक्छ ।
बाइट हाउसकी प्रेस सचिवले यो अस्थायी आदेशले विद्यार्थी ऋण मिनाह आवेदनका लागी कुनै कुनै रोक नलगाउने बताएकी छिन् ।
अमेरिकाको बाइडेन प्रशासननले पहिलो पटक विद्यार्थी ऋण मिनाह कार्यक्रम ल्याकएको हो । अमेरिकामा झन्डै तीन वर्ष कोराना महामारीले तहनहस बनाएपछि बिद्यार्थी राहतका लागी ऋण मिनाहको कार्यक्रम ल्याइएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected