अमेरिका– उज्जवल भविष्यको कल्पना गदै सबैले भन्दै आएको सपना को सहर अमेरिका आउदै थिए प्युठान ४ खवाङका ३५ वर्षिय काले गिरि ।

अबैध बाटो हुदै उनी अमेरिका आउदै थिए । ५० लाख भन्दा बढी दलाललाई बुझाएर थाप्लोमा ऋण बोकेर उनले अमेरिका पुगेर आफना ति कलिला स– साना बाबुनानीको भविष्य साकार बनाउने सोचेका थिए । तर बीच बाटोमै मध्य अमेरिकाकाको दक्षिण क्षेत्रमा क्यारेबियन सागरमा डुंगा पल्टिना गिरिको सपना सधैका लागी अस्तायो । नेपाल छाडेर तल्लो बाटो हुदै अमेरिका आउन लागेका गिरी १५ महिना बितिसक्दा पनि बीच बाटोमै थिए । अमेरिकाको धरती टेकेका थिएन । तर उनी चढेको डुंगा समुन्द्रमा पल्टिदा उनले ज्यान गुमाए ।
काले गिरीका आफन्त प्रविन पुनले दिएको जानकारी अनुसार बीच बाटोमै मुत्यु भएपछि नेपालमा रहेका स साना बच्चा बच्ची सहितको परिवारको बिच्चली भएको छ ।
घरखेत धरौटीमा राखेर ऋणधन गरेर लाखौ खर्चेर अमेरिका आउदै हुनुहुन्थयो अमेरिकामा रहेका आफन्त पुनले भने– तर अमेरिकाको धरती नटेक्दै उहाको बीचबाटोमै ज्यान गएको छ ।
उनी सहित २५ जना सवार डुंगा गएको अक्टोबर १३ को रात समुन्द्रमा पल्टेको थियो । डुंगामा रहेका उनी सहित तीन जना नेपाली बेपत्ता भएका थिए । डुंगामा रहेका अन्य दुई जना नेपाली रुकुमका २५ वर्षिय प्रदीप खत्री र ४० वर्षिय रमेश गौतम पनि समुन्द्रमा बेपत्ता भएको बताइएको छ । समुन्द्रमा बेपत्ता उनीहरुको पन िमुत्यु भएको हुन स क्ने अनुमान गरिएको छ ।
अझै पनि धेरै नेपालीहरु घर खेत बन्धक राखेर यसरी वर्षो लगाएर अमेरिका आउन खोज्छन् । तर बीचमै यसरी ज्यान गुमाउनु पर्दा लाखौ रकम त डुब्छ नै घर परिवारमा पर्ने पीडा कसैले अन्दाज गर्न सक्दैन ।https://gofund.me/9df7ac01

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected