अमेरिका–तपाईलाई डिभी परयो भने तपाईले के गर्ने ?अगाडीको प्रोसेस कसरी गर्ने
तपाईको नाम डिभी विजेतामा छनौट भएपछि तपाईले ध्यानपुर्वक अगाडीको प्रकृया बढाउनुपर्ने हुन्छ । तपाईले डिभी भर्दा पाएको कन्फरमेसन नम्बर राखेर तपाई डिभीमा छनौट भएको लेटर प्रिन्ट गर्नुृपर्छ । ढिलो नगर्नु होला । जति छिटो गर्नु भयो भने तपाईको सेकेन्ड लेटर उति चाडो आउन सक्छ ।
तपाईले अगाडीको प्रकृयाका लागी डिएस २६० फारम भर्नुपर्ने हुन्छ । धेरैले डिएस २६० फारम भर्दा गल्ती गर्दा अमेरिका आउने भिसा रद्ध हुने गरेको छ । त्यसैले ध्यानपुर्वक फारम भर्नु होला । यो फारम निशुल्क भर्न सकिन्छ । यदि तपाईलाई गारो भयो भने तपाईले साथीभाई वा डिभी भर्ने सेन्टरमा गएर भर्नुपर्ने हुन्छ ।
डिभीमा तपाई विजेता बनेपछि छिटो प्रकृया चालिहाल्नु होला । तपाईलाई डिभी परेपछि तपाईलाई डिएस २६० फारम भर्न पासपोर्ट चाहिन्छ । सुरुमा डिभी भर्दा पासपोर्ट नचाहिए पनि डिभी परेपछि तपाईलाई पासपोर्ट चाहिन्छ ।
परिवारमा श्रीमान श्रीमति र छोराछोरीले भर्नु भएको छ भने सबैको पासपोर्ट चाहिन्छ । यस्तै सबैको जन्मदर्ता चाहिन्छ । यो पनि तपाईको परिवार संख्या अनुसार हुनुपर्छ । डिभी परेपछि तपाईको नया बच्चा भयो भने त्यो पनि एड गर्नुपर्ने हुन्छ ।
तपाईको १२ कक्षा उर्तिण सर्टिफिकेट पेस गनुृर्छ । त्यस्तै विवाहित हुनुहुन्छ भने विवाहदर्ता पनि चाहिन्छ । तपाईले गरेको कामको अनुभवहरुको कुनै सर्टिफिकेट छ भने पेश गर्नुहोला । डिएस २६० फारम भर्दा तपाईले सबै यथार्थ डकुमेन्ट तपाईले पेश गर्नुहोला । पछिल्लो समय डिभी परेपछि केहीले झुठो शैक्षिक प्रमाणपत्र पेश गरेका समाचारहरु तपाईले सुन्नु भएको होला । यसो गर्दा कानुनी फन्दामा त परिन्छ भने फेरि अमेरिकामा आउन कुनै पनि भिसाका लागी योग्य भइदैन ।
डिएस २६० फार्म भर्दा प्रहरी रिपोर्ट बुझाउनुपर्छ । तपाई नेपाल भन्दा बाहिर हुनुहुन्छ भने त्यहाको पनि प्रहरी रिपोर्ट तपाईले पेश गर्नुपर्छ । पछिल्लो समय डिभी परेपछि स्पोन्सर पनि अनिवार्य चाहिन्छ । तपाईले स्पोन्सर कर्ताको सबै व्यक्तिगत विवरण तपाईले दिनुपर्छ । यी कागजी प्रकृया पुरा गरेर तपाईले डिएस २६० फारम पुरा हुन्छ । यो भरेको झन्डै तीन देखि चार महिना पछि तपाईको सेकेन्ड लेटर आइपुग्छ र त्यसमा नै तपाईको अन्तवार्ताको मिति तय भएको हुन्छ । सेकेन्ड लेटर आएपछि तपाईले मेडिकल एक्जाम पनि दिनुपर्छ । सबै प्रकया पुरा भइपछि बल्न अन्तवार्तामा जान सक्नुहुन्छ । अन्तर्वाता छनौट भएपछि तपाईको भिसा लाग्छ र अमेरिका आउन पाउनुहुन्छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected