अमेरिका– अमेरिकामा एक जना व्यक्तिले हत्याको आरोपमा विना कसुर ३८ वर्ष जेल सजाय भोगेका छन् ।
डिएनए परीक्षण पश्चात क्यालिफोर्नियाका मौरिस हेस्टिग्स १९८३ मा रोबर्ट वायडरमायरको हत्याको अभियोगमा जेलमा बन्द थिए । तर डिएनए परीक्षण पछि निर्दोष ठहरिदै अहिले उनी जेलबाट रिहा भएका छ्न । यति सम्म की असली हत्यारा को मुत्यु दुई वर्ष अगाडी भइसकेको छ ।
सुरुदेखि नै मौरिसले आफु निर्दोष रहेको दाबी गदै डिएनए परीक्षणको माग गदै आएका थिए । सुरुमा सन २००० मा उनको अनुरोध जिल्ला अदालतले खारेज गरेको थियो । २०२१ मा उनको अर्को डिएनए परीक्षणको आग्रह कार्यान्वयन भएको थियो र उनी निर्दोष ठहरिएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected