अमेरिका– अमेरिकाको फलोरिडाको एउटा हाइस्कुलमा अटोमेटिक राइफल गन चलाएर १७ विद्यार्थी र कर्मचारीको ज्याने लिने निकोलस क्रुजलाई जन्म कैदको सजाय सुनाइएको छ ।
समाचार अनुसार आरोपी क्रुजले २०१८ को फेब्रुअरी १४ मा स्कुलमा पसेर अन्धधुन्ध फायरिङ गरेर १७ जनाको ज्यान लिएका थिए । जुन समय उनी १९ वर्षका मात्रै थिए ।
केवल सात मिनेटमा उनले स्कुल भित्र पसेर १७ जनाको ज्यान लिएका थिए । जसमा १४ जना विद्यार्थी र तीन जना विद्यालयका कर्मचारी थिए । अदालतले बुधबार मात्रै फैसल गदै उनलाई जन्मकैद सुनाएको हो । तर पीडितहरुले भने उनलाई फासीको सजाय हुनुपर्ने माग गरेका थिए । पीडितले जन्मकैदको फैसलामा असहमति जनाएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected