अमेरिका–अमेरिकामा बन्दुक हिंसा ठुलो समस्या बनेको छ ।
व्यस्क व्यक्ति मात्र नभई स साना बालबालिका समेत अमेरिकामा बन्दुक ंिहसाको शिकार बनिरहेका छन् । यस्तै अमेरिकाको नर्थ क्यारोलिनामा एउटा दुख्न घटना घटेको छ । एक दुई वर्षे बालकले गल्तीले बन्दुक चलाउदा ति दुई वर्षे बालककै ज्यान गएको छ ।
आफनै पिताले पिकअप ट्रक भित्र गोली लोड गरेर राखिएको थियो हेन्डगन गाडीको सिट अगाडी थियो । बन्दुक देखेपछि ति बालक खुशीले खेल्न थाले ।
गल्तीले खेल्दै गर्दा बालकले बालकले आफनै शिरमा बन्दुक चलाए र अस्पताल पुराए लगत्तै उनको ज्यान गयो । घटना हुदा बालकका माता पिता घरमै थिए ।
बालकका पिता टायलर ओस माथि अहिले आफनो बन्दुक सुरक्षीत तवरले नरारखेको आरोपमा मुद्धा चलेको छ । एकातिर उनले आफनो छोरा गुमाएका छन् भने अर्कोतिर उनले कानुनी रुपमा सजायको भागिदार बन्दैछन् ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...
-
डोनाल्ड ट्रम्पले २०२४ को ...