अमेरिका-आफनै श्रीमतिको हत्या तथा सासु आमा माथि आक्रमणको अभियोग लागेका अमेरिकाको भरमन्टको बलिङटनका एक नेपाली आइता गुरुङलाई बिहीबार दोषी ठहर गरिएको छ ।
उनले पाच वर्ष अघि अमेरिकाको भर्मोन्टमा श्रीमति योगेश्वरी खडकाको हत्या तथा सासुआमा तुलसा रिमाल माथि आक्रमण गरेको ठहर गदै झन्डै महिना दिनको सुनुवाई पछि दोषी ठहर भएका हुन ।
सुनुवाईका क्रममा उनका वकीलले उनमा मानसिक सन्तुलन ठिक नभएका कारणले घटना घटेको भन्दै हत्या मुद्धामा उनलाई सफाय दिलाउन लागी परेका थिए । तर घटना घटेको समय गुरुङ मानसिक रुपमा सही भएको बताएपछि उनलाई अदालतले दोषी ठहर गरेको हो ।
उनले श्रीमतिले बियर नदिएको रिसको झोकमा श्रीमतिको हत्या गरेको अदालतको बयानमा उल्लखे गरिएको छ । गुरुङ झापाबाटठ नेपाली भाषीको रुपमा अमेरिकामा आएका थिए ।
अदालती बयानमा गुरुङले २०१७ मा श्रीमतिको हत्या गर्नु अघि १४ देखि १५ क्यान बियर पिएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected